२४ बैशाख २०८१, सोमबार
आन्दोलनमा सरकारी घुसपैठ : प्रचण्ड-माधव समूह
  • काँचुली खबर

नेकपा प्रचण्ड-माधव पक्षले बिहीबार आयोजित आमहड्तालको क्रममा घुसपैठ भएको दाबी गरेको छ । सो समूहका राष्ट्रिय युवा संघका संयोजक दीपशीखाले गोंगबुमा भएको ट्याक्सीमा भएको आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको भन्दै घुसपैठ भएको दावी गरेका छन् ।

‘यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको छैन । आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना ’ उनले भने ।

बिहानै अज्ञात समूहबाट गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो भने सो आगजनीको विषयलाई लिएर सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ।

  • २२ माघ २०७७, बिहीबार ०९:४३ प्रकाशित
  • Nabintech