६ बैशाख २०८१, बिहीबार
लघुकथा : ‘प्रवृत्ति’ !
  • काँचुली खबर

साँझ छ बजेतिर दुर्गेशको भेट अचानक झङ्कसँग सुनधारा गेटमा भयो । दुवै आश्चर्य चकित परे । कसैको बोली फुटेन तर झ्याप्प अंगालोमा बेरिए । लामो समयदेखि बाल्यकालीन सखाबिच भेटघाट भएको थिएन । आज कस्तो संयोग ! दुवै कफि कर्नरतिर छिरे । कफिको सुर्कोसँगै मजाले गफिए । गाउँबाट छुटेदेखि भए गरेका गतिविधिका बारेमा मन खोलेर साटासाट गरे । यतिले मात्र के पुग्थ्यो ! दुवैबिच डान्सबार जाने सहमति भयो । आखिर दुवैको कमाइ काज राम्रै रहेको देखियो ।

जब जब साँझ ढल्कदै जान्छ, तब तब चहलपहल बढ्दै जाने ठमेल क्षेत्रमा रहेका डान्सबार र लोक दोहरी साँझमा रम्झम बढ्दै थियो । रात्रीकालिन क्रियाकलापहरु बढ्दै थिए । सबैको ध्यान आकर्षित गर्न झिलिमिली बत्ती बले । थरिथरिका म्युजिक धुन सुनिन थाले । दुर्गेश र झङ्क पनि वाई टु के (Y 2 K Dance Bar) डान्सबार छिरे । गेटमा बसेका गेटपालेले सलाम ठोके । गेस्टहरुको स्वागतका लागि पञ्चकन्या लावालस्करै उभिएका थिए । हिन्दी गित घन्किरहेछन् स् काँटा लगा रे काँटा लगा……. चोलीके पिछे क्या है…….. एक से एक नतर्कीहरु ज्यानै फालेर नाचिरहेका छन् ।

हामीमा पनि सुरा सुन्दरीको नशा चढिरहेको छ । नतर्कीहरु क्रमश: नाङ्गिदैछन् । ब्रा अनि कट्टुको पर्खालमा नाचिरहेका छन् । दुर्गेश र झङ्क पनि घरिघरि उठेर हल्लिन्छन् । उखरमाउलो रमाइलो भैरहेकोछ । नानीहरुका फर्माइसमा नानाथरि परिकार टेबुलभरि छन् । सबै टेबुल खचाखच छन् । को भन्दा को कम ? टिप्स र बक्सिसका रुपमा हात्तीहरु उड्न थालेका छन् । दुर्गेश र झङ्कले पनि कयौ हात्तीहरुलाई निस्फिक्री आकाशमा उडाए । पिउँदा पिउँदै, हल्लिंदा हल्लिंदै, उडाउँदा उडाउँदै बाह्र बजेछ । बार बन्द हुने सुचना आयो । काउन्टरमा सत्र हजार बिल तिरेर निस्के । गेटपालेले फेरि सलाम ठोक्यो । उसलाई एउटा हात्ती थमाइदिए ।

सडकमा निस्के ।

‘ट्याक्सी !’ दुर्गेश करायो ।

खुरुरु ट्याक्सी अगाडि आयो । दुवै ट्याक्सी चढे ।

‘कहाँ हो सर ?’ ट्याक्सीवाला ।

‘सुनधारा । होटेल रिमझिम ।’ दुर्गेश ।

ठमेलबाट सुनधारातिर हुँइकियो, ट्याक्सी ।

आजको भेट अविष्मरणीय रहेको समीक्षा भयो । रिमझिम होटेलको अगाडि ट्याक्सी रोकियो ।

‘भाडा कति भाइ ?’ झङ्क ।

‘पाँच सय ।’ ट्याक्सीवाला ।

‘कहाँ तेत्रो भाडा हुन्छ ! के हामीलाई ठग्न खोजेको ?’ दुवै चिल्लाए ।

‘माफ गर्नुहोला सर । मजाले सुत्ने बेला ट्याक्सीको स्टेरिङ्ग घुमाईरहेको छु । यो मध्यरातमा सेवा दिइरहेको छु । बारभित्र टिप्स र बक्सिसका रुपमा हजारौं हजार उडाउँदा केही भएन । जाबो ट्याक्सी भाडामा बार्गेनिङ्ग ! धन्य हाम्रो सोच !’ ट्याक्सीवाला ।

 

लघुकथा :  ‘संस्कार’ !

छविलाल खड्का
कोहलपुर

  • १५ माघ २०७७, बिहीबार १४:०८ प्रकाशित
  • Nabintech