बिहिबार एक दिनकोलागि कोहलपुर बजार बन्द हुने भएको छ । महिनाको हरेक १५ गते कोहलपुर बजार बन्द गर्ने निर्णय अनुसार भाेलि बजार बन्द गर्न लागिएकाे कोहलपुर उद्योग वाणिज्य संघले जनाएकाे छ ।
वाणिज्य संघले महिनाकाे २ दिन बजार बन्द गर्दै आएकाेमा काेराेनाका कारण उक्त क्रम राेकिएकाे थियाे । काेराेनाकाे असर कम हुँदै गएपछि पुरानै परम्परालाई निरन्तरता दिने क्रममा महिनाकाे एक दिन (१५ गते) मात्र ब्यापार, ब्यवसाय बन्द गर्ने निर्णय भएकाे वाणिज्य संघले जनाएकाे छ । 
१४ माघ २०७७, बुधबार १८:५७ प्रकाशित