१३ बैशाख २०८१, बिहीबार
रेडपाण्डाको छालासहित कोहलपुरबाट तिन जान पक्राउ
  • काँचुली खबर

दुर्लभ बन्यजन्तु रेडपाण्डाको अवैध कारोबारमा संलग्न भएको आरोपमा तिन जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले बुधबार रेडपाण्डाको छालासहित कोहलपुर १२ चप्परगौंडीस्थित एक होटलबाट तिन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

बुधबार बिहान १० बजे रेडपाण्डाको छालाको अबैध कारोबार भईरहेको सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी ब्युरो र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले कोहलपुर नगरपालिका १२ चप्परगौंडीस्थित दैलेखी होटलमा छापा मारी तिन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालिका १० का ४० वर्षिय दलबहादुर शाही, जाजरकोट जुनिचाँदी गाँउपालिका ११ का ११ वर्षिय धनबहादुर शाही र सल्यान कुपिण्डेदह नगरपालिका ४ का ३३ वर्षिय भरत बहादुर पुन रहेका छन । प्रहरीले उनिहरु बस्दै आएको होटलको ११३ नम्बर कोठा खानतलासी गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा २ थान रेडपाण्डाको छाला बरामद गरेको जनाएको छ ।

  • १४ माघ २०७७, बुधबार १५:२६ प्रकाशित
  • Nabintech