१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कहाँ लगाईदैछ कोरोना बिरुद्धको खोप ?
  • काँचुली खबर

नेपालमा बुधबारदेखी कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप भारत सरकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

खोप अभियान अन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलगायतलाई खोप लगाईने बताईएको छ । बाँकेमा पनि बुधबारबाट खोप अभियान सुरु भएको छ ।

बाँकेकालागि पहिलो चरणमा ७ हजार ५ सय डोज खोप उपलब्ध भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । प्राप्त खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारी, एम्बुलेन्स चालक, सरसफाईकर्मी, अस्पतालका अन्य ९प्रशासनिक०कर्मचारीलाई भाइरस विरुद्धको खोप दिन लागिएको हो ।

जसअन्तर्गत भेरी अस्पतालमा रहेको खोप केन्द्रमा आज विहान साढे १० बजे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले खोप लगाएर अभियानको सुरुवात गरेका छन । खोप अभियान सुरु भएको पहिलो दिन आज भेरी अस्पतालका चार सय जनालाई खोप लगाईने छ ।

आगामी माघ २४ गतेसम्म चल्ने खोज अभियानमा ७ हजार ५ सय जनालाई कोभिड-१९ विरुद्धको खोप दिइने छ । जिल्लामा रहेका सरकारी तथा निजि अस्पतालमा निश्चित मात्रामा खोप लगाउने ब्यवस्था मिलाईएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

बाँकेमा अहिलेसम्म ४४ हजार ४ सय ९१ जनाको कोभिड परिक्षण गरिएको छ । त्यसमध्ये ४ हजार ६ सय १२ जना संक्रमित पुष्टि भएको छ ।

बाँकेमा खोप लगाउने तालिका यस प्रकार छ ।:

  • १४ माघ २०७७, बुधबार ११:३२ प्रकाशित
  • Nabintech