१२ बैशाख २०८१, बुधबार
शनिबार बाँकेमा कोरोनाका ८ संक्रमित थपिए
  • काँचुली खबर

बाँकेमा शनिबार कोरोनाका ८ जना नयाँ संक्रमित थपिएका छन । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ४ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको ल्यावमा गरीएको परिक्षणमा ७ र नेपालगन्ज मेडिकल कलेजको ल्यावमा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमित हुनेको सँख्या ५४९६ पुगेको छ । जसमध्ये ४४७४ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन भने ५१ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन ।

  • ११ माघ २०७७, आईतवार ०९:२० प्रकाशित
  • Nabintech