१२ बैशाख २०८१, बुधबार
दाङका ६५ वर्षीय कोरोना संक्रमितको मृत्यु
  • काँचुली खबर

उपचारका क्रममा बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेका शान्तिनगर-६ दाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषको मेडिकल कलेज नेपालगन्जमा स्वाव परीक्षण गरिएको थियो । माघ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई त्यसैदिन भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

रोगको प्रकृति अनुसार सबै प्रकारको उपचार गर्दा गर्दै उनको शनिवार राती ११ः४५ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । योसँगै बाँकेमा उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका ८६ जना संक्रमितको मृत्यु भईरहेको छ ।

  • ११ माघ २०७७, आईतवार ०९:०० प्रकाशित
  • Nabintech