१५ चैत्र २०८०, बिहीबार
अञ्जानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
  • काँचुली खबर

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा साहित्यकार तथा संचारकर्मी कपिल न्यौपाने (अञ्जान) चयन भएका छन । शनिबार सम्पन्न प्रतिष्ठानको चौथो साधारण सभाले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा प्रदिप भट्टराई र सुमित्रा न्यौपाने, सचिवमा बद्री ढकाल, सह-सचिवमा खोपीराम ओली, कोषाध्यक्षमा प्रकाश मरासिनी तथा सदस्यहरुमा क्रमशः विक्रम शिशिर, मणि गैरे, हेम प्रकाश मंजील, बिमला कुमारी खत्री र निरञ्जना चन्द निर्वाचित भएका छन । दुई जना सदस्य कार्यसमितिले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिए ।

पूर्णिमा प्रतिष्ठानको अध्यक्षमा न्यौपाने चयन

  • १० माघ २०७७, शनिबार २०:१३ प्रकाशित
  • Nabintech