७ बैशाख २०८१, शुक्रबार
सल्यानमा कोरोना संक्रमित पुरुषको मृत्यु
  • काँचुली खबर

जिल्ला अस्पताल सल्यानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा शारदा नगरपालिका-३ का ९० वर्षीया पुरुषको मृत्यु भएको हो ।

उनको शुक्रबार बिहान मृत्यु भएको हो । खोकी र श्वास फेर्नमा कठिनाइ भएपछि ती पुरुषलाई पुस २७ गते सल्यान जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

उनको माघ तीन गते स्वाब संकलन गरी प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट पीसीआर परीक्षण गर्दा ५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी उच्च रक्तचापको दीर्घरोगी भई औषधि सेवन गरिरहेको र प्रोटोकल अनुसारका सबै विधिबाट उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २९ पुगेको छ ।

  • ९ माघ २०७७, शुक्रबार १८:३२ प्रकाशित
  • Nabintech