१५ चैत्र २०८०, बिहीबार
सुर्खेतका ७१ वर्षिय पुरुषको भेरीमा मृत्यु
  • काँचुली खबर

कोरोना भाईरस संक्रमित भएपछि उपचारकालागि बाँके आएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका-९ सुर्खेतका ७१ वर्षिय पुरुष रहेका छन ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ति पुरुषको शुक्रबार बिहान ६:५ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यबस्थापन केन्द्र बाँकेले जनाएको छ ।

सुरुमा नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका ति पुरुषमा गत पुष २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि भेरी अस्पताल रिफर गरेर रोगको प्रकृती अनुसार उपचार विधि अपनाईएपनि स्वास्थ्यमा सुधार नदेखीएका ति पुरुषको १२ दिनपछि आज मृत्यु भएको हो ।

यो संगै उपचारकालागि बाहिरी जिल्लाबाट बाँके आएका ८५ जना संक्रमितको मृत्यु भएको छ ।

  • ९ माघ २०७७, शुक्रबार १०:४० प्रकाशित
  • Nabintech