सुचक हत्या प्रकरण : अनुसन्धानकालागि १५ जना पक्राउ
  • काँचुली खबर

राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनाको अनुसन्धानका लागि बाँके प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । उक्त घटनाको वास्तविक कारण केही दिनमै खुल्ने प्रहरीको दाबी छ ।

प्रहरीले घटनालाई राजनीतिक, तस्करी, दुस्मनी लगायतका कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । ‘अनुसन्धानका जागिरे भएकाले अपराधिक समूहबाट हत्या भएको हुनसक्छ भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ’, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले भने, ‘केही दिनमै घटनाको बिस्तृत अनुसन्धान पूरा हुन्छ ।’

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

घटनामा संलग्न व्यक्तिहरु कुनै पनि हालतमा उम्किन नपाउने उनले बताए । त्यस्तै प्रहरीले प्रविनका निकट महिला साथीहरुसँग पनि सोधपुछ गरिरहेको जनाएको छ । घटनाको प्रकृृति हेर्दा उनलाई बोलाएर सामूहिकरुपमा हत्या भएको हुनसक्ने शंका गरिएको छ । मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान सुरु भएको बाँकके प्रहरीले जानकारी दिएको छ ।

मृत अवस्थामा भेटिए अनुसन्धानका जवान, हत्याको आशंका

मृतक प्रविनका बुबा डम्मर थापा मगर नेकपा बाँकेका नेता हुन । एकमात्र छोराको हत्या भएपछि परिवार शोकमा डुबेको छ । स्थानीयले घटनामा संलग्न व्यक्तिहरुको पत्ता लगाई कारवाहीको माग गरिरहेका छन् ।

  • ३ माघ २०७७, शनिबार १३:४१ प्रकाशित
  • Nabintech