१३ बैशाख २०८१, बिहीबार
कोरोनाबाट पछिल्लो २४ घन्टामा १५,६३४ जनाको मृत्यु
  • काँचुली खबर

चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको असर एक वर्ष नाघिसक्दा पनि कम भएको छैन । अझ दिनहुँ नयाँ-नयाँ रेकर्डहरु थपिने क्रममा रहेको छ । यसको असर झनै तीव्र हुँदै गइरहेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा विश्वभरमा ७ लाख ६० हजार ३ सय ६५ जना संक्रमित भएका छन् भने सोही अवधिमा १५ हजार ६ सय ३४ जनाको ज्यान गएको छ ।

कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित रहेको अमेरिकामा मात्र २ लाख ३४ हजार ८ सय ५७ जना संक्रमित भएका छन् भने ४ हजार १ सय ४२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कूल संक्रमितको संख्या २ करोड ३८ लाख ५४ हजार ३ सय ४९ पुगेको छ भने ३ लाख ९८ हजार ५४ जनाको ज्यान गएको छ ।

कोभिडबाट सबैभन्दा बढी प्रभावित एसियाको पहिलो राष्ट्र भारत हो । भारतमा पछिल्लो २४ घन्टामा १५ हजार ६ सय ७७ जना संक्रमित भएका छन् भने १ सय ८९ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा १ करोड ५ लाख २८ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट १ लाख ५१ हजार ९ सय ५४ जनाको ज्यान गएको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको ब्राजिलमा ६८ हजार ६ सय ५६ जना थपिदा १ हजार १ सय ५१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कूल संक्रमितको संख्या ८३ लाख २६ हजार १ सय १५ पुगेको छ । सोही अवधिमा २ लाख ७ हजार १ सय ६० जनको मृत्यु भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा रसियामा २४ हजार ७ सय ६३, बेलायतमा ४८ हजार ६ सय ८२, फ्रान्समा २१ हजार २ सय २८, टर्कीमा ८ हजार ९ सय ६२, इटालीमा १७ हजार २ सय ४४, स्पेनमा ३५ हजार ८ सय ७८ र जर्मनीमा २२ हजार ९ सय ५७ जना संक्रमित थपिएका छन् । सोही अवधिमा रसियामा ५ सय ७०, बेलायतमा १ हजार २ सय ४८, फान्समा ४ सय १, टर्कीमा १ सय ७०, इटालीमा ५ सय २२, स्पेनमा २ सय १ र जर्मनीमा १ हजार ८८ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ करोड ३५ लाख २२ हजार ५ सय ३८ पुगेको छ भने संक्रमणबाट २० लाख १ हजार ८ सय १८ जनाको मृत्यु भएको छ । ६ करोड ६८ लाख १२ हजार ३ सय ३८ जना कोरोनामुक्त भएका छन् भने २ करोड ४७ लाख ८ हजार ३ सय ८२ जना सक्रिय संक्रमित अवस्थामै रहेका छन् । जसमध्ये १ लाख ११ हजार ९ सय ४ जना गम्भीर अवस्थामा रहेका छन् ।

  • ३ माघ २०७७, शनिबार ०९:५५ प्रकाशित
  • Nabintech