१४ बैशाख २०८१, शुक्रबार
पुर्व मन्त्री यादवको कोरोनाका कारण मृत्यु
  • काँचुली खबर

पुर्व राज्यमन्त्री तथा नेकपाका नेता दिनेशचन्द्र यादवको मृत्यु भएको छ । नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका कारण निधन भएको हो ।

पुष १२ मा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्य बिग्रदैं गएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पतालमा भर्ना भएका यादवलाई १३ पुषमा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको थियो ।

यादवको यसअघि वाइपास सर्जरी समेत गरीएको थियो । उनि मधुमेहका विरामी थिए । उपचारकै क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा गएराती यादवको निधन भएको हो ।

  • १ माघ २०७७, बिहीबार ०८:३० प्रकाशित
  • Nabintech