नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्ष प्रचण्ड-माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ ।
दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए । पत्रमा के-कस्ता विवरण छ भन्ने खुलेको छैन ।
            
                
                    
वर्गीकृत विज्ञापन
                
                
                    
                        
                                                            
                                    
                                        
                                            निर्माणका लागि
                                            “निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                     
                        
                        
                     
                 
             
            
ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । उनले भने, ‘निर्वाचन आयोगले मागेको पछिल्ला कागजातहरु, जवाफहरु बुझाएका हौं ।’
अर्का पक्षका नेता लीलामणि पोखरेलले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै सबै बुझाइसकेको जवाफ पठाएको बताए । उनले अघि भने, ‘यस्तो बेलामा संवैधानिक अंगले गल्ती कमजोरी गर्यो भने दुरगामी असर पर्छ भनेर पनि ध्यानाकषर्ण गराएका छौं ।’
निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो ।
आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको छ । प्राप्त विवरण हेरेर आयोगले निर्णय लिने प्रवक्ता श्रेष्ठले बताए ।
     २९ पुष २०७७, बुधबार १७:३१ प्रकाशित