बाँकेमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा माघ २५ गतेदेखी फागुन ३ गतेसम्म सुजाता स्मृती फुटबल प्रतियोगिता संचालन हुने भएको हो । प्रतियोगिताको बारेमा सोमबार कोहलपुरमा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको हो ।
क्लबका कोषाध्यक्ष काशी अधिकारीको दिवङ्गत श्रीमतीको स्मृतीमा प्रतियोगिता आयोजना गर्न लागिएको कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष यज्ञ बहादुर महराले जानकारी दिए । क्लब स्तरीय प्रतियोगितामा यस क्षेत्रकै सबैभन्दा बढि पुरस्कार राशी राखीएको बताउँदै महराले प्रतियोगितामा १२ टिमले सहभागीता जनाउने जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
भारतको साहारा क्लबले समेत सहभागीता जनाउने प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख २२ हजार २२२ रुपौयाँ कायम गरीएको बताउँदै महराले भने, ‘यो क्लबस्तरीय प्रतियोगितामध्ये यस क्षेत्रकै सबैभन्दा ठुलो पुरस्कार राशी हो ।’
पत्रकार सम्मेलनमा बोल्दै क्लबका कोषाध्यक्ष काशी अधिकारीले आफ्नी श्रीमतीको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न गईरहेको बताए । अधिकारीले प्रतियोगिताकालागि प्रथम पुरस्कार उपलब्ध गराउने गरी आफुले क्लबसँग सम्झौता गरीसकेको जानकारी दिए ।
प्रतियोगितामा आयोजक रेसिङ्ग साहारा क्लबले ए डिभिजनका १० जना खेलाडीलाई टिममा भित्राउने तयारी गरेको क्लबका अध्यक्ष महराले जानकारी दिए । प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको खण्डमा उक्त रकम बराबरको अक्षयकोष समेत स्थापना गरीने महराले बताए ।
२७ पुष २०७७, सोमबार १९:४४ प्रकाशित