बाँकेका थप २२ जनामा संक्रमण पुष्टि

सोमबार बाँकेका २२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाभित्रका २२ र जिल्ला बाहिरका १० जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा १७ जना, नेपालगंज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा गरिएको परिक्षण २ र वागेश्वरी डाईग्नोष्टिक ल्यावको प्रयोगशालामा १ जना गरि जम्मा २२ जनामा संक्रमण पुष्टी भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा थप ७ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ४ हजार ३ सय ५४ पुगेको छ भने कुल संक्रमितको सँख्या ४ हजार ५ सय १० रहेको छ ।