११ बैशाख २०८१, मंगलवार
सडकमै चालक-सहचालकको आँखा चेकजाँच
  • काँचुली खबर

ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चालक तथा सहचालकलाई लक्षित गरेर सडकमै आँखा चेकजाँच शिविर गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर परिसरमा आईतबार निशुल्क स्वास्थ्य जाँच तथा आँखा शिविर संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

नेपाल प्रहरी, फत्तेबाल आँखा अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा सहकार्यमा आयोजना गरिएको उक्त शिविरमा २ सय २२ जनाको स्वास्थ्य जाँच तथा आँखा चेक गरिएको भण्डारीले जानकारी दिए ।

त्यसक्रममा २ जनामा उच्च रक्तचाप, तीनजना चालकमा दुरदृष्टि समस्या र ८० जना चालकको आँखामा एलर्जीको समस्या देखिएको आँखा चेकजाँचमा संलग्न चिकित्सक सन्जु चौधरीले जानकारी दिए । पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीसाधनका चालक तथा सहचालकहरुलाई कार्यालय अगाडी रोकेर स्वास्थ्य जाँच तथा आँखा चेक गरिएको थियो ।

  • २६ पुष २०७७, आईतवार १९:२६ प्रकाशित
  • Nabintech