नेपालगन्जमा एक दशकदेखि क्रियाशिल साहित्यिक संस्था मध्यपश्चिम स्रष्टा समाजको नयाँ कार्यसमिती चयन गरिएको छ । शनिवार नेपालगन्जमा सम्पन्न चौथो साधारण सभाले शुक्रऋिषि चौलागाईंको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
कार्यसमितिको सदस्यहरुमा अमृत शर्मा ढकाल, वीरेन्द्र जैसी, छत्रपति सिंह, ललिता शर्मा, बालकृष्ण शर्मा, विनोद प्रसाद देवकोटा, प्रकाश भाट र अश्मिता शाह महत्रा चयन भएका छन् । संस्थाको विधान अनुसार निर्वाचित सदस्यहरुबाट पदहरुको बाँडफाँड कार्यसमितिको पहिलो बैठकले गर्ने संस्थाका निवर्तमान अध्यक्ष सृजन लम्सालले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२०६४ सालमा स्थापना भएको समाजको हालसम्मको कार्यकाल लम्सालले नै सम्हाल्दै आएका थिए । संस्थालाई गतिशीलता प्रदान गर्न चौथो साधारण सभाबाट नेतृत्व युवा पुस्तामा हस्तान्तरण गरिएको लम्सालले बताए । नवनिर्वाचित अध्यक्ष चौलागाईंले संस्थाको हालसम्मको गरिमा बचाउँदै समानुकुल संस्थालाई गतिशीलता प्रदान गर्न कटिबद्ध रहेको बताएका छन् ।
वरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष लम्सालले संस्थाले हालसम्म गरेका कामहरुको बारेमा र सचिव अमृत शर्मा ढकालले आगामी कार्ययोजनावारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले एक दशकको अवधिमा स्तरीय कृति प्रकाशनका साथै गुणस्तरीय र प्रभावकारी साहित्यिक कार्यक्रमहरु गरेको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार रेग्मीले मध्यपश्चिम स्रष्टा समाजले बाँकेमा साहित्यीक उन्नयनमा पु¥याएको योगदानको तारिफ गरे । रेग्मीले हजुरबुवा र हजुरआमा, मातापिता र आफ्नो दम्पत्तिको नाममा तीनवटा पुरस्कार स्थापना गर्ने घोषणा गर्दै तीनवटै पुरस्कार व्यवस्थापनको जिम्मा मध्यपश्चिम स्रष्टा समाजलाई दिईने समेत जानकारी दिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै साहित्यकारहरु हरि प्रसाद तिमिल्सेना, राजेन्द्र प्रसाद धिताल, महानन्द ढकाल, खगेन्द्र गिरि कोपिला, इन्द्र बहादुर भण्डारी, विष्णुलाल कुमाल लगायतले प्रेम प्रकाश मल्लको अभिनन्दन ग्रन्थ ‘पीडाको सगरमाथा’, सनत रेग्मीको अभिनन्दन ग्रन्थ ‘सृजन सन्दर्भ’, नेपालगन्जको इतिहास समेटिएको पुस्तक ‘सद्भावको शहर नेपालगन्ज’ र ‘सृजना’ साहित्यीक पत्रिका समाजले प्रकाशन गरेका महत्वपूर्ण कृतिको रुपमा औँल्याएका छन् ।
२५ पुष २०७७, शनिबार १८:०८ प्रकाशित