नेपालगन्जमा प्रधानमन्त्री ओलीको पुत्ला जलाईयो
  • काँचुली खबर

अनेरास्ववियू बाँकेले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद विघटन बिरुद्ध अनेरास्ववियू केन्द्रिय समितिले आह्वान गरेको संघर्षका कार्यक्रम अन्तर्गत बिहिबार बाँकेको नेपालगन्जमा प्रधानमन्त्री ओलीको पुत्ला जलाईएको हो ।

संगठनले प्रतिगामी कदमलाई सडकबाटै निस्तेज पार्ने भन्दै अनेरास्ववियूले मंगलबार दोश्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको थियो । दोस्रो चरणका सङ्घर्षका कार्यक्रम अन्तर्गत आज प्रधानमन्त्री ओलीको पुत्ला जलाउन अनेरास्ववियूले देशब्यापी आह्वान समेत गरेको थियो । सोही कार्यक्रम अन्तर्गत बाँकेको नेपालगन्जस्थित विपि चोकमा प्रधानमन्त्रीको पत्ला जलाईएको हो ।

थप संघर्षका कार्यक्रम यसप्रकार रहेका छन ।:

– पौष २४ गते : सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना ।

– पौष २५ गते : असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम ।

– पौष २६ गते : बयलगाडा प्रदर्शन ।

– पौष २७ गते : प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने ।

– पौष २८ गते : सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ)

– पौष २९ गते : सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन ।

(तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गरिनेछ ।)

प्रतिगमनका बिरुद्ध कोहलपुरमा सिठ्ठी जुलुश

  • २३ पुष २०७७, बिहीबार १८:३९ प्रकाशित
  • Nabintech