१२ बैशाख २०८१, बुधबार
भेरीमा बस खस्दा एकको मृत्यु, एक बेपत्ता
  • काँचुली खबर

छिन्चु-जाजरकोट खण्डको गरालेस्थित गौडाबाट भेरी नदि बस खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाईते भएका छन भने एक वेपत्ता भएका छन । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ गराले बजार नजिकै गौडामा बिहिबार दिउँसो ३ बजे दुर्घटनामा भएको हो ।

नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्दार गरेर उपचारको लागि मेहलकुना अस्पताल पठाइएको छ ।

जाजरकोट जादैं गरेको बस भेरी नदीमा खस्यो

घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ ।

  • २३ पुष २०७७, बिहीबार १६:०८ प्रकाशित
  • Nabintech