१२ बैशाख २०८१, बुधबार
यसरी रह्यो पेलेको नाम
  • काँचुली खबर

विश्वकप फुटबलमा सबैभन्दा सफल टिम ब्राजिललाई मानिन्छ । ब्राजिलले अहिलेसम्म पाँचपटक विश्वकप चुमेका कारण पनि उसलाई सफल टिम मानिएको हुन सक्छ ।

ब्राजिल गत विश्वकपमा भोगेको लज्जास्पद हारलाई भुलाउने कोसिस गर्दै रुस पुगेको छ । सन् २०१४ को विश्वकप आफ्नै देशमा आयोजना गरेको ब्राजिलले त्यो विश्वकपमा चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो ।
ब्राजिललाई पाँचपटक विश्वकप जिताउनुमा सबैभन्दा बढी योगदान पेलेको नै छ ।

पेलेको भाग्य

फुटबलको जादुगर भनिने पेलेको भाग्य यस्तो भयो कि उनको बराबरीको अर्काे कुनै पनि फुटबलर आजसम्म पनि जन्मिएको छैन । उनले खेलेको सन् १९५८, १९६२ र १९७० मा ब्राजिल विश्वच्याम्पियन भएको थियो । अहिलेसम्म तीनपटक विश्वकपको ट्रफी उचाल्ने पेले एक्ला खेलाडी हुन् । सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने, विश्वकपमा गोल गर्ने, ह्याट्रिक गर्ने र फाइनल खेल्ने रेकर्ड ६० वर्षसम्म पनि उनकै नाममा छ । ब्राजिलमा मात्र नभएर फुटबललाई विश्वव्यापी बनाउने उनै पेलेको नामको पनि छुट्टै कथा छ ।
विश्वभर पेले भनेर चिनिने खेलाडीको नाम न पेले थियो, न त उनको निक नाम नै ।

जोकोहीको पनि निक नेम हुन्छ

ब्राजिलको मिनास गेराइसमा सन् १९४० अक्टोबरमा २३ मा जन्मेका पेलेको बाबु पनि स्थानीय क्लबबाट फुटबल खेल्थे । उनका आमाबाबुले छोराको नाम एडिसन राखे । यो नाम राख्नुको कारणबारे पेलेले आफ्नो संस्मरण ‘ह्वाई सकर म्याटर्स’मा भनेका छन्, ‘जतिबेला मेरो जन्म भयो, त्यही बेला हाम्रो गाउँमा बिजुली पुगेको थियो । मेरा बाबुआमा बल्बको प्रकाशबाट प्रभावित थिए । बल्ब बनाउने थोमस अल्बा एडिसनको सम्मानमा मेरा बुबाआमाले मेरो नाम पनि एडिसन राखेका थिए, तर गल्तीले गर्दा स्पेलिङमा आइ छुटेछ र मेरो नाम एडसन भयो ।’ पेलेको पूरा नाम एडसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलमा नाम यस्तै लम्ब्याएर राख्ने चलन छ । सामान्यतया ब्राजिलमा सबै मानिसको निक नेम राख्ने चलन हुन्छ । कसैले त दुई–तीनवटा पनि निक नेम राखेका हुन्छन् । त्यही नामबाट घरका मानिसहरू बोलाउँछन् ।

छोरालाई फुटबलर बनाउने सपना

एडसन् अर्थात् पेलेको निक नेम राखियो– डिको । पेलेका बाबु–आमा मात्रै होइन भाइबहिनी, साथीभाइ र आफन्त सबै जना डिको भनेर नै बोलाउँथे । उनको परिवार साउपाउलोको बाउरु सहरमा बसाइँ स¥यो ।
सानैमा पेलेको खेलले चर्चा पाउन थाल्यो । उनी चर्चा टोलमा व्यापक थियो । तर, उनलाई खेल्नका लागि पूर्वाधारको भने कमी थियो ।

पेले पुराना फाटेका कपडा पोको पारेर फुटबल बनाएर खेल्थे । कहिलेकाहीँ उनी छिमेकी ट्रेन स्टेसनको सामान चोरेर बेच्थे र फुटबल किन्नका लागि पैसा जम्मा गर्थे । ९–१० वर्षको उमेरमा उनले निकै राम्रो फुटबल खेल्न थालिसकेका थिए । उनीसँग खेल्ने साथीहरू उनको बल भेट्नै सक्दैनथे । त्यति नै बेला उनले नयाँ नाम पाए– ग्यासोलिना । जसको कारण थियो उनी ग्यासजस्तै तेज कुद्थे । पेले भन्छन्, यो नाम उनलाई निकै मन परेको थियो ।

तर, उनी ग्यासोलिनाबाट पेले कसरी भए त ? यसको विभिन्न दाबा पनि पेस गर्ने गरिएको छ । तर, गेलिक भाषामा पेले भनेको फुटबल हुन्छ, त्यसैले उनको नाम पेले रहन गयो ।

तर, यो दाबीलाई भने साँचो मान्न सकिँदैन किनकि गेलिक आयरल्यान्डको आसपास बोलिने भाषा थियो । तर त्यहाँको शब्द त्यो जमानामा हजारौं माइल टाढा ब्राजिल कसरी पुग्यो ? यसको केही ठोस आधार भने भेटिएन । पेले शब्द हिब्रु भाषामा पनि छ । जसको मतलब चमत्कार हुन्छ । तर, नाइजेरियाको शब्द त्यो समय ब्राजिल पुग्न पनि सम्भव थिएन ।

त्यसो भए पेलेको नाम कसरी रहन गयो त ?

त्यो समयमा ब्राजिलमा पोर्चुगाली भाषा चलन थियो । तर पोर्चुगली भाषमा भने पेलेको केही अर्थ भेटिँदैन । १५ वर्षको उमेरमै जब पेले ब्राजिली फुटबलको निकै ठूलो क्लब सैटोन्ससँग पेले जोडिइसकेको थिए । त्यतिबेला उनको नाम पेले भइसकेको थियो ।

पेलेको नामका बारेमा उनको आफ्नो बायोग्रफी ‘ह्वाई सकर म्याटरस्’ मा कसैले पनि उनको नामका बारेमा ठीक तथ्य पत्ता लगाउन नसकेको कुरा प्रस्ट पारेका छन् । उनले भनेका छन्, ‘साँचो कुरा मेरो मामा जर्जले बताएका छन् । उनीमाथि भने विश्वास गर्न सकिन्छ ।’

पेले मामासँगै बस्थे । मामाको कमाइबाट नै उनको परिवारको घरखर्च चलेको थियो । जर्जका अनुसार बाउरुको स्थानीय फुटबल टिमको एक गोलपिकरको नाम बिले थियो । यो त्यही क्लब थियो जुन क्लबमा पेलेका बुबा खेल्थे । बिले आफ्नो गोलकिपिङमा निकै चर्चित थिए ।

अर्काेतिर डिकोले केही खेलहरूमा गोलकिपरको भूमिकामा पनि खेल देखाएका छन् । जब उनी राम्रो बचाउ गर्थे उनलाई दोस्रो बिले भन्न थालियो ।

हेर्दाहेदै बिले कहिले पेलेमा बदलिए यसको कसैलाई अनुभव नै भएन । साथीहरूको भिडबाट कसैले उनलाई पेले भनेर बोलायो । त्यसपछि उनलाई छिमेकीहरूले पेले नामलेन ै बोलाउन थाले । तर, आधिकारिक रूपमा उनलाई पेले भनेर बोलाउने चलन उनी जोडिएको सान्तोस क्लबमा जोडिएपछि सुरु भएको हो । यो अनुमान गर्न गाह्रो छैन कि सान्तोस क्लबको म्यानेजरले पेलेलाई ब्रान्डको रूपमा बदल्न प्रमुख भूमिका थियो । यो कुरालाई प्रस्ट पार्दै पेलेले आफ्नो बायोग्रफीमा भनेका छन्, ‘पेले एक अलग पहिचान बनिसकेको थियो । एडसन बाउरु एक गरिब परिवारबाट आएको बच्चा थियो जसलाई परिवारको निकै याद आउँथ्यो । अर्काेतिर पेले थियो जो टिन एजमै राइजिङ स्टार भइसकेको थियो । जसलाई विश्वको नम्बर एक एथलेक्ट हुने विश्वास गरिएको थियो । एडसन सानोमा निकै संकोच र लजालु थियो, तर त्यही पेले थियो जो हजारौंको भीडमा क्यामेरा अगाडि मुस्कुराउन सक्थ्यो । एकै व्याक्तिको दुई भिन्न-भिन्न रूप थियो । एउटालाई म राम्रोसँग चिनेको थिएँ, अर्काे मेरा लागि पनि नयाँ थियो ।’

१६ वर्षको उमेरमै पेलेलाई सान्तोसले जुन ब्रान्ड बनायो उसको चमक आज ६ दशक पछिसम्म पनि कायम छ । ७८ वर्षको उमेरमा पेले विश्व फुटबलको ब्रान्ड एम्बेस्डर बनेका छन् ।

  • ५ असार २०७५, मंगलवार १४:५६ प्रकाशित
  • Nabintech