१३ बैशाख २०८१, बिहीबार
ट्राफिक सचेतना जगाउन “सडक नाटक”
  • काँचुली खबर

बाँकेको कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा ट्राफिक सचेतना सम्बन्धी सडक नाटक प्रर्दशन गरिएको छ ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला ट्राफिक कार्यालय बाँकेको प्राविधिक सहयोगमा कोहलपुरको मदनचोक, राम मा।वि हवलदापुर, चौधरिया, चप्परगौडी तथा पिपिरीचोक गरि ५ स्थनामा सडकनाटक प्रर्दशन गरिएको हो ।
ट्राफिक नियमको पालन नगर्दा सवारी दुर्घटनाका घटनाहरु दिनप्रतिदिन बढ्दै गएकोले यस्ता दुर्घटनाहरुलाई न्यूनिकरण गर्नका लागि सडक नाटक मार्फत सचेतनामुलक सन्देश दिन खोजिएको समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले जानकारी दिएका छन ।
नाटकबाट सडकमा हिड्दा अपनाउनुपर्ने सावधानीका उपायहरु, सवारी साधन चलाउँदा चालकले ध्यानदिनुपर्ने कुराहरुका बारेमा जानकारी प्रदान गरिएको थियो । सडक नाटकमा ट्राफिक नियम सम्बन्धी पम्पलेटहरु समेत वितरण गरिएको थियो । ट्राफिक नियम सम्बन्धी जानकारी दिने उद्देश्यले प्रर्दशन गरिएको सो नाटकमा सामाज सेवा संस्थाका कलाकारहरु विनोद थापा, इमरन हास्मी, शर्मिला घर्ती, कल्पना शर्मा, पुस्तिका शर्मा, पप्पु सुनार, लगायतले अभिनय गरेका थिए ।

  • ५ असार २०७५, मंगलवार १४:४६ प्रकाशित
  • Nabintech