७ बैशाख २०८१, शुक्रबार
जापानमा ६.१ म्याग्निच्युडको भूकम्प : तीनको मृत्यु,दर्जनौं घाइते
  • काँचुली खबर

काठमाडौं । जापानमा सोमवार विहान गएको शक्तिशाली भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ ।

जापानको पश्चिम क्षेत्रमा अवस्थित ओशाका शहर र आसपासका क्षेत्रमा गएको भूकम्प ६ दशमलव १ म्याग्निच्युड मापन गरिएको समाचारमा उल्लेख छ । भूकम्पमा परी दर्जनौं घाइते भएका छन् भने केही घण्टा विद्युत प्रसारण समेत अवरुद्ध भएको थियो ।

विहान ७ बजेर ५८ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु ओशाका शहरको १३ किलोमिटर उत्तरी भूभागमा रहेको जापानको भूगर्भ एजेन्सीले जनाएको छ । केन्द्रविन्दु क्षेत्रमा भूकम्पको धक्का ७ म्याग्निच्युड बराबर मापन गरिएको जनाइएको छ ।

पौडी पोखरीको डिल भत्किदा ९ वर्षीया बालिका ताकात्सुकीको निधन भएको हो । यस्तै ओशाकाकै हिगाशियोदोगावा वार्डमा पर्खालले पुरिएर ८० वर्षीय एक वृद्धको पनि निधन भएको छ । ओशाकाकै इबाराकीका अर्का ८० वर्षीय वृद्धको पनि भूकम्पमा परी ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

भूकम्पले ओशाका,ह्योगो,क्योटो र मेइ प्रदेशमा दर्जनौं व्यक्तिहरु घाइते भएका छन् भने आगलागीका घट्ना समेत धेरै भएको अधिकारीहरुले जनाएका छन् ।

  • ४ असार २०७५, सोमबार ११:११ प्रकाशित
  • Nabintech