१५ चैत्र २०८०, बिहीबार
प्रथम उप-मेयर छात्रा क्रिकेट प्रतियोगिताको उपाधि जनज्योतीले उचाल्यो
  • काँचुली खबर

कोहलपुरमा सम्पन्न प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता-२०७४ को उपाधी जनज्योती मा.वि. ले उचालेको छ । गत जेठ २६ गतेदेखि कोहलपुर क्रिकेट मैदानमा संचालन गरिएको प्रतियोगिताको फाईनलमा त्रिभुवन मा.वि. कोहलपुरका बिरुद्ध रोमान्चक जित निकाल्दै जनज्योतीले शिल्ड उचालेको हो ।
नगरका १२ टिमले सहभागीता जनाएको प्रतियोगिताको विजेता हुँदै जनज्योतीले नगद रु. २१ हजार सहित शिल्ड प्राप्त ग¥यो भने उप-विजेतामै चित्त बुझाएको त्रिमाविले नगद रु. १० हजार ५ सय प्राप्त ग¥यो । प्रतियोगिताको बिजेता तथा उपविजेता टिमलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश के.सी., कोहलपुर नगरपालिकाका उप-प्रमुख सन्जु कुमारी थारु लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

फाईनल खेलमा टस जितेर बहिले ब्याटिङ रोजेको जनज्योतीले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३० रन जोडेको थियो । टिमलाई ठुलो स्कोरतर्फ डो¥याउने क्रममा समिक्षा वि.क. ले अविजित ६३ रन जोडेकी थिईन । वि.क. प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समित बनिन् ।
१ सय ३१ रनको लक्ष्य पछ्याएको त्रिमाविका सुरुवाती खेलाडीहरु सस्तैमा बाहिरिएपछि टिम केही दवावमा देखिएको थियो । यद्यपी बिचका खेलाडीहरुले उत्कृष्ट पारी खेल्दै खेलमा रोमाञ्चकता प्रदान गरेका थिए । त्रिमाविले अन्तीम ओभर खेलीसक्दा १ सय २७ रनमै सिमित भएपछि जनज्योती ४ रनले बिजयी भएको हो ।
प्रतियोगितामा त्रिमाविका खेलाडी त्रसृजना पुन मगर उत्कृष्ट घोषित भईन भने त्रिमावीकै निरुता शाही (उत्कृष्ट बलर) र अलिसा पुन मगरले उत्कृष्ट विकेटकिपरको उपाधी पाईन ।
त्यसैगरी जनज्योतीकी खेलाडी समिक्षा वि.क. ले उत्कृष्ठ ब्याटरको उपाधी प्राप्त गरिन ।

प्रतियोगिताको समापन समारोहमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश के.सी. ले बिगतमा थुप्रै महिला क्रिकेटरहरु जनमाईसकेको बाँकेमा पुन महिलाहरुलाई प्राथमिकतामा राखेर प्रतियोगिता संचालन गरिएको भन्दै खुसी ब्यक्त गरे । उनले छात्रा युवतीहरुलाई खेलप्रति जागरुक बनाउन यस्ता खालका प्रतियोगिताहरु निरन्तर रुपमा संचालन गरिनुपर्ने भन्दै सबै पक्षको सहकार्य आवश्यक रहेको जिकिर गरे । 

कार्यक्रममा बोल्दै क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले बाँकेलाई खेलकुदको हब बनाउनकै लागि यसै वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न लागिएको बताए । उनले महिला क्रिकेटको जन्मभुमी कोहलपुरलाई लक्षित गर्दै राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता संचालनकालागि क्षेत्रिय खेलकुद विकास समितिमार्फत पहल थालिएको दाबी गरे । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिताकालागि दाङ र पुरुष क्रिकेटकालागि बाँकेको कोहलपुर सिफारिस गरिएको भन्दै वलीले आवश्यक तयारी थाल्न कोहलपुरवासीलाई आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खड्काले कोहलपुर क्रिकेट मैदानको संरक्षणकालागि २ करोडको लागतमा तटबन्ध गर्नेगरी योजना अगाडी बढाईएको बताए । उनले अतिक्रमणका कारण मैदानको क्षेत्रफल साँधुरिने खतरा बढ्दै गएको भन्दै त्यसप्रति चिन्चित हुन कोहलपुर नगरपालिका कार्यालयलाई आग्रह समेत गरे ।
मध्यपश्चिम क्रिकेट क्लबको पहलमा कोहलपुर नगरपालिकाले आयोजना गरेको रनिङ शिल्ड प्रतियोगिता आगामी वर्षदेखि निरन्तर रुपमा संचालन गरिने कोहलपुर नगरपालिकाकी उप–मेयर सन्जु कुमारी चौधरीले बताईन । उनले यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय तरका महिला क्रिकेटर जनमाउने उद्धेश्यकासाथ संचालन गरिएको प्रतियोगितालाई आगामी वर्षदेखि बृहत रुपमा संचालन गरिने दाबी समेत गरिन ।

प्रतियोगिताका केही महत्वपूर्ण पलहरु

  • ३ असार २०७५, आईतवार २०:२२ प्रकाशित
  • Nabintech