७ बैशाख २०८१, शुक्रबार
पाेखरामा यति एयरलाइन्सकाे बिमान दुर्घटना (अपडेट)
  • काँचुली खबर

कास्की । पाेखरामा यति एयरलाइन्सकाे बिमान दुर्घटना भएकाे छ । काठमाडाैँबाट पाेखराकालागि उडेकाे यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको बिमान अबतरणकाे क्रममा दुर्घटनामा परेकाे प्रहरी उपरीक्षक जानकारी दिए । बिमान धावनमार्गबाट चिप्लिएर ४ सय मिटर पर पुगेकाे प्रहरीले जनाएकाे छ। जहाज अवतरणको क्रममा पांग्रा ‘लक’ भएको बताइएको छ । अवतरणको क्रममा अगाडिको चक्का लक भए पछि विमान धावन मार्गमै रोकिएको छ । विमान रोकिएपछि विमानस्थल बन्द भएको छ । बिमानमा चालक दलका सदस्य सहित ३० जना सवार थिए । सबै यात्रु सकुससल रहेकाे पाेखरा बिमानस्थल कार्यलय स्राेतले जनाएकाे छ ।

  • ३ असार २०७५, आईतवार १६:०४ प्रकाशित
  • Nabintech