१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर कपडा ब्यवसायी संघमा नयाँ नेतृत्व चयन
  • काँचुली खबर

कोहलपुर कपडा ब्यबसायी संघको अध्यक्षमा मेघराज अधिकारी पुनः निर्बिरोध चयन भएका छन ।
शनिबार कोहलपुरमा भएको कोहलपुर कपडा ब्यवसायी संघको दोस्रो साधारण सभाले अधिकारीको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिका बरिष्ठ उपाध्यक्षमा एकराज भण्डारी, उपाध्यक्षमा प्रमेश्वर भट्टराई (प्रकाश) सर्बसम्मत चयन भयका हुन ।

त्यस्तै महासचिवमा मोति शर्मा, कोषाध्यक्षमा राजकुमार शर्मा र सचिवमा इन्द्र प्रसाद शर्मा सर्बसम्मत भएका छन । समितिका सदस्यहरुमा होमनाथ पाठक, प्रकाश लामिछाने, सीता योगी, पुर्ण चन्द्र पौडेल र हरिकला अधिकारी निर्बिरोध चयन भएको निर्वाचन समितिका संयोजक हेम कुमार रावतले जानकारी दिए ।
साधारण सभाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले आफु कोहलपुरलाई सफा र ब्यबस्थीत गर्न लागिपरेको र उक्त कार्यमा सहयोग गर्न ब्यवसायीहरुलाई आग्रह गरे । पोके, घुमन्ते र फुटपात ब्यवसायलाई ब्यबस्थीत गर्न नगरपालिकाले पहल सुरु गरेको रावतले बताए ।कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्माले कोहलपुरमा पोके, घुमन्ते तथा फुटपाथे ब्यापारीका कारण कर तिरेर सटरमा बसेका ब्यवसायी अप्ठ्यारोमा परेको बताउँदैै यसलाई नियन्त्रण गर्न सम्बन्धित निकाय कडाईका साथ लाग्नुपर्नेमा जोड दिए । उनले कोहलपुरका ब्यारीहरुलाई घरबेटीबाट पनि समस्या हुने गरेको भन्दै घरबेटीसँग सम्झौता गर्दा कोहलपुर उद्योग वाणिज्य संघको रोहबरमा गर्न कोहलपुरका ब्यवसायीलाई आग्रह गरे ।
यसैगरी उद्योग बाणिज्य संघ कोहलपुरका निवर्तमान अध्यक्ष एवं प्रदेश नं. ५ सदस्य नरेन्द्र शर्माले परम्परागत शैलीबाट नभई बर्तमान अबस्थाको माग र चाहना अनुसार ठुला खालका ब्यबसायमा लगानी गर्न आग्रह गरे ।

  • २ असार २०७५, शनिबार २०:३८ प्रकाशित
  • Nabintech