१३ बैशाख २०८१, बिहीबार
२५ वर्षदेखि प्रयोग गर्दै आएको बाटो खेतमा परिणत
  • काँचुली खबर

कोहलपुर नगरपालिका-१२ निबुवा सडकको टायलभट्टा चोक देखि मसुरीखेत जाने सडक स्थानीय एक महिलाले आफ्नो जग्गामा पर्ने भन्दै शनिबार डोजर लगाएर खेतमा परिणत गरिदिएकी छिन् ।
करिब पच्चीस वर्षदेखि स्थानीयहरुले प्रयोग गर्दै आएको सो सडकलाई २० वर्षअघि भरतलाल अधिकारी वडा अध्यक्ष भएको बेला दुबै तर्फका जग्गा धनीले २|२ मिटर छोडी ४ मिटरको सहमतीको बाटो कायम गर्ने निर्णय भएको स्थानिय आनन्दप्रसाद भट्टराईले बताए । सो बाटोबाट मसुरीखेतका करिब ५ सय घरपरिवारले दैनिक आवात-जावत गर्ने भएको हुँदा सो सडक नापी नहुँदा सम्म सहमतीमै कायम गरि संचालनमा आएको समेत भट्टराईले जानकारी दिए ।


शनिबार सडकको दक्षिणतर्फकी जग्गा धनी मिना खड्काले एक्कासी डोजर ल्याएर बाटोलाई खनी खेत बनाएपछि स्थानियहरु आक्रोशित भएका छन । वडा नं. १२ का अडा अध्यक्ष हाल जिल्ला बाहिर रहेकाले अन्य वडा सदस्यहरुलाई बोलाई आईतबार सडकको दुबैतर्फका जग्गाधनी सहित छलफल गराउने र सडक पुनः कायम गराउने स्थानियहरुले बताएका छन ।

  • २ असार २०७५, शनिबार १८:३६ प्रकाशित
  • Nabintech