१४ बैशाख २०८१, शुक्रबार
बृहत् रक्तदान तथा प्रतिभा पुरस्कार बितरण कार्यक्रम सम्पन्न
  • काँचुली खबर

अच्युतराज सुवेदी स्मृती प्रतिस्ठान, नेपाल बाँकेको आयोजनामा अच्युत स्मृती राष्ट्रिय प्रतिभा पुरस्कार बितरण २०७५ कार्यक्रम सम्पन्न भएको छ ।  साथै लायन्स क्लब अफ नेपालगन्ज सिद्दिबिनायक र अच्युतराज सुवेदी स्मृती प्रतिस्ठान बाँकेको संयुक्त आयोजनामा बृहत् रक्तदान, प्रतिभा पुरस्कार बितरण तथा मानार्थ सदस्यता बितरण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथी जनार्दन शर्माले रक्तदान कार्यक्रमका संयोजक उपेन्द्र रेग्मीलाइ रगत राख्ने थैली हस्तान्तरण गरेर शुभारम्भ भएको हो । कार्यक्रममा प्रमुख अतिथी पुर्ब उर्जा तथा पुर्ब गृह मन्त्री, हालका प्रतिनिधि सभाका सदस्य जनार्दन शर्माले स्व अच्युतराज सुबेदीका पूरा हुन नसकेका सपना अब पूरा गर्नु पर्ने बताए । उनले सो कार्यक्रममा बाँके राप्ति पारीका जनताले खेप्नु परेका डुबान र बिधुतका समस्याको बारेमा भोलि नै गएर प्रधानमन्त्री र बिद्युत प्राधिकरण सङ्ग पहल गर्ने र दबाब दिने आश्वासन समेत दिइएएका थिए । आफू गृह मन्त्री हुदा राप्ती नदिको बाढीको अबलोकन गर्न गएको स्मरण उनले गरे । एक अर्को प्रसङ्गमा उनले भने ‘नेपालगन्ज प्रदेशको राजधानी भएन भनेर यहाका बासिन्दा र ब्यापारीहरुले निराश हुन नपर्ने’, आफुलाइ प्रदेशको हिसाबले अलग गराए पनि हरदम आफु

यहाको साथमा रहने बताउदै रारा हुम्ला वरिपरि बिमानस्थल राख्ने योजना, कर्णाली पर्यटकिय सर्किट योजना, पुर्ब पश्चिम राजमार्ग बाट ४५ मिनेटमा सुरुङ्ग मार्ग मार्फत सुर्खेत पुग्न सकिने ब्यबस्था गरिने । नेपालगन्जलाई क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय स्तरको बिमानस्थल बनाउने लगायतका कामहरु अगाडि बढाउने र त्यस्को मुल द्वार नै नेपालगन्ज हुने उनले बताए । कार्यक्रममा गतबर्ष राप्ती नदीको बाढीका बेलामा आफ्नो ज्यानको प्रवाह नगरी स्थानियहरुको जनधनको सुरक्षामा अहोरात्र खटिएर साहशिक काम

गरेबापत राप्तीसोनारी गाउपालिका९७ का वडा अध्यक्ष रामलखन थारुलाइ नगद रु १५५०० र प्रमाणपत्र सहित अच्युतराज स्मृती रास्ट्रीय प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । सो कार्यक्रममा गाउपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उप प्रमुखहरुलाइ प्रतिष्ठानको मानार्थ सदस्यता पनि बितरण गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज, प्रदेश सभा सदस्य कृष्णा के सी, प्रमुख जिल्ला अधिकारी रमेश के सी, व्यापारी, सुरक्षाकर्मी, विद्यार्थी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम प्रतिस्ठानका अध्यक्ष प्रकाश सुबेदीको सभापतित्वमा सप्पन्न भएको हो । रक्तदान कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी, युवा तथा विद्यार्थीहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ द्यद्द ले स्व अच्युतराज सुबेदिलाइ मरणोपरान्त सम्मान गरेको थियो स्व सुबेदिकी पत्नी मालती शर्माले सो सम्मान ग्रहण गरेकी थिइन । सोही कार्यक्रममा प्रतिस्ठानलाइ सुवेदी पत्नी मालती शर्माले रु १ लाख र सुबेदिकी आमा पुर्णा कुमारी सुबेदिले रु ५० हजार दिने घोसणा पनि गरे ।

  • २९ जेष्ठ २०७५, मंगलवार १७:०९ प्रकाशित
  • Nabintech