१६ चैत्र २०८०, शुक्रबार
विश्वकप फुटबल प्रदर्शनका लागि काठमाडाैं जिल्ला प्रशासनकाे १० बुँदे अंकुश,
  • काँचुली खबर

काठमाडाैं – जिल्ला प्रशासन कार्यलय काठमाडौंले आउँदै गरेको विश्वकप चोक, घर परिसर तथा क्लबहरुमा पदर्शन गर्नेबारे १० बुँदे शर्तहरु जारी गरेको छ । यी सबै शर्तहरुको अधीनमा रहेर मात्र सार्वजनिक स्थल र व्यक्तिगत घर परिसरमा विश्वकपको प्रदर्शन गर्न पाइनेछ ।

सोमबार सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको हस्ताक्षरसहितको प्रेस विज्ञप्तिमार्फत यी शर्तहरु जारी गरिएको हो ।

प्रमुख शर्तहरुमा आफ्नै घर परिसरमा मात्र प्रदर्शन गर्न पाइने, शुल्क लिन नपाइने, सट्टेबाजी गर्न नपाइने, सार्वजनिक स्थलमा प्रदर्शन गर्दा मादक पदार्थ ओसार पसार र विक्रीवितरण गर्न नपाइने लगायतका छन् । यसैगरी, सुरक्षाका लागि CCTV राखिनु पर्ने, ट्राफिक आवागमनमा प्रभाव पर्ने गरी प्रदर्शन गर्न नपाइने, होहल्ला गर्न नपाइने, प्रदर्शनस्थलमा केही क्षति भए आयोजकले जिम्मा लिनुपर्ने, अवाञ्छित क्रियाकलाप भएमा आयोजक जिम्मेवार हुनुपर्ने र सुरक्षाका लागि स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर मात्र प्रदर्शन गर्न पाउने शर्तहरु रहेका छन् । प्रेस विज्ञप्तिमा महानगरीय प्रहरी परिसर काठमाडौंलाई बोधार्थ गरिएको छ ।

  • २९ जेष्ठ २०७५, मंगलवार ०८:५१ प्रकाशित
  • Nabintech