१२ बैशाख २०८१, बुधबार
लगु औषध सहित जनप्रतिनिधी पक्राउ
  • काँचुली खबर

बाँके \ नेपाल प्रहरीको ५ नम्बर अनुसन्धान ब्युरो र बाँके प्रहरीको संयुक्त टोलिले लागु औषध अफिम सहित तिन जनालाई पक्राउ गरेको छ । उनिहरु नेपालगन्ज उपमहानगरपालिका वडा नंं १ स्थित दैलेखी जय होटलबाट पक्राउ परेका हुन । शनिबार राति सो होटलमा लागुऔषध कारोबार गर्ने ब्यक्तिहरु भएको बिशेष सुचना प्राप्त पछि प्रहरीको टोलिले होटलमा खानतलासी गर्दा कोठा नं. २०४ बाट ६ किलो ५ सय ग्राम अफिम सहित कारोबारीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले आईतबार पत्रकार सम्मेलन गरि जनाएको छ । सो अफिम रुकुमकम उत्पादन गर्ने केहि ब्यक्तिहरु संग प्रति क.जी रु १ लाखमा खरिद गरेर उनीहरुले भारतिय ब्यापारीलाई रु ५ लाख प्रति के.जी सम्म बेच्ने गरेको र भारतमा सो अफिम ब्राउन सुगर बनाउने प्रयोजन गरिने बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले बताए ।
पक्राउ पर्नेमा रुकुम सिस्ने गाँउपालिका वडा नं. ३ का जननिर्बाचित वडा सदस्य मन बहादुर खत्री सहित सोही वडाका बम बहादुर खड्का र वडा नं. ४ का भुपेन्द्र खड्का रहेको प्रहरीले जानकारी गराएको छ ।
लागुऔषध तथा नियन्त्रण ऐन २०३३ को दफा १४ (छ ३ ) को प्राबधान अनुसार कारोबार गरेको प्रमाणित भएमा सो कारोबार गर्ने ब्यक्तिलाई १५ बर्ष देखि जन्म कैद तथा रु ५ लाख देखि रु २५ लाख सम्म सजाय तथा जरिवना हुने ब्यबस्था छ ।

  • २७ जेष्ठ २०७५, आईतवार १९:४३ प्रकाशित
  • Nabintech