१४ बैशाख २०८१, शुक्रबार
लैङ्गिक विभेद हटाउँदै बालबालिकाहरु
  • काँचुली खबर

समुदायस्तरमा हुने लैङ्गिक विभेद, वाल विवाह अन्त्य र बाल अधिकार संरक्षणमा बालबालिकाहरु जुट्दै आएका छन् ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा स्याक नेपालले सञ्चालन गरेको लैङ्गिक संवेदनशील बाल संरक्षण प्रणालीको वृहत परियोजना अन्र्तगतको कार्यक्रम लैङ्गिक समानता तथा वालिका अधिकारका लागि परिवर्तनका संवाहक सञ्चालन पछि बाँके र बर्दियामा वालवालिकाहरु लैङ्गिक विभेद, वाल विवाह अन्त्य र बाल अधिकार संरक्षणमा बालबालिकाहरु जुटेका हुन् । पहिलो चरणमा परीक्षण कार्यक्रम अन्र्तगत सञ्चालित परियोजनाले वालबालिकाहरुमा नेतृत्व र व्यक्तित्व विकासमा समेत क्षमता अभिवृद्वि हुँदै गएको पाइएको छ । बर्दियाको बारबर्दिया नगरपालिका र बाँकेको बैजनाथ गाउँपालिका शनिवार परियोजनाको अनुगमनका क्रममा वालवालिकाहरुले विद्यालयमा अध्ययनका क्रममा पाठ्यपुस्तकमा नसमेटिएका फरक ज्ञानहरु कार्यक्रम सञ्चालन पछि सिक्न पाएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रम अन्र्तगत एक जना सहजकर्ताले स्थानीय समुदायमा बालबासलको समूह बनाएर कक्षा सञ्चालन गर्ने गर्दछन् । कक्षा बाल अधिकार, सामाजिक कुरीति, लैङ्गिक विभेदमा केन्द्रित हुने गर्दछ । अनुगमनका क्रममा स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले कार्यक्रम प्रभावकारी हुँदै गएकाले कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।
कार्यक्रम सञ्चालन पछि बालबालिकाहरुमा फरक क्षमताको विकास हुँदै गएको भन्दै बारबर्दिया नगरपालिका वडा नं. १४ का वडाध्यक्ष निरञ्जन कुमार थारुले अब आगामी दिनमा कार्यक्रमले समुदायमा रहेका बालबालिका र तिनका अभिभावकहरुलाई समेत समेटेर कार्यक्रमलाई वृहत्तर बनाउन आग्रह गरे । कार्यक्रम पछि बालबालिकाहरुले सडक नाटक लगाएतका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेर सामाजिक रुपान्तरणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नमा विशेष योगदान दिने गरेको प्रतिक्रिया दिए । कार्यक्रम सञ्चालन भएका समुदायमा वालवावालिकाहरुको सक्रियता र उनीहरुको प्रयासले समाजमा व्याप्त कुरीति र लैङ्गिक विभेद अन्त्यका लागि उपलब्धीमूलक भूमिका देखिएकाले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने स्याक नेपालका सचिव बसन्त भट्टराईले बताएका छन् ।

  • २७ जेष्ठ २०७५, आईतवार १७:११ प्रकाशित
  • Nabintech