१३ बैशाख २०८१, बिहीबार
८ औं राष्ट्रिय कराँते प्रतियोगिताकालागि छनोट प्रतियोगिता संचालन
  • काँचुली खबर

८ औं राष्ट्रिय कराँते प्रतियोगिताकालागि छनौट खेलहरु सम्पन्न भएका छन । कोहलपुर नगरपालिका–३ किरणनालास्थित सगरमाथा ज्ञानपुञ्जमा शनिबार १६ औं जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको हो ।
“स्वास्थ्यकालागि खेलकुद, राष्ट्रकालागि खेलकुद” भन्ने नाराकासाथ नेपाल गोजोरियो कराँते एकाईसन बाँकेले आयोजना गरेको उक्त प्रतियोगिताबाट छनोटमा परेका खेलाडीहरुले ८ औं राष्ट्रिय कराँते प्रतियोगितामा सहभागीता जनाउने बताईएको छ ।


प्रतियोगिताका प्रमुख अतिथि तथा नेकपाका युवा नेता नरेन्द्र नौपानेले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै राज्यले खेल क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए । उनले खेलाडीहरुले मात्र अन्तराष्ट्रिय स्तरमा नेपालको झण्डा फहराउन सक्ने भएकाले उनीहरुको योगदानको कदर गरिनुपर्ने बताए ।
अग्र बमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम नेपाल गोजोरियो कराँते एकाईसन बाँकेकी सचिव पुजा बमले संचालन गरेकी थिईन ।

 

  • २६ जेष्ठ २०७५, शनिबार २२:०९ प्रकाशित
  • Nabintech