१३ बैशाख २०८१, बिहीबार
पुख्र्यौली घरको पानी पिएर काठमाडौं फर्किए देवकोटा
  • काँचुली खबर

काठमाडौं/ वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटा पुख्र्यौली घर गोरखा पुगेर काठमाडौं फर्किएका छन् । न्युरो अस्पतालमा उपचारत डा. देवकोटाको इच्छाअनुसार शनिबार दिउँसो उनलाई जन्मथलो गोरखा लगिएको थियो । आफ्नो इच्छाअनुसार जन्मथलो पुगेका देवकोटा आफ्नै घरको पिँढीमा बसेका थिए । उनले त्यहाँ घर नजिकै रहेको सिस्नेधाराको पानी चम्चाको साहयताले पिएका थिए ।

उनी आफ्नो घरमा पुग्दा मुहार भने हँसिलो लगाएका थिए । उनले आफुलाइै भेट्न आउने शुभचिन्तकसँग दोहोरो कुरा भने गर्न सकेनन् । उनीलाई भेट गर्ने ठुलो सख्यामा आफन्त तथा शुभचिन्तकको भीड लागेको थियो ।

पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटा बेलायत उपचार गर्न गएका थिए । क्यान्सर पुष्टि भएपछि उनी नेपालमै उपचार गर्ने इच्छा व्यक्त गर्दै वैशाख १५ मा उनी नेपाल फर्किएका थिए । पछिल्लो समयमा उनी पित्तथैलीको क्यान्सरबाट सिकिस्त भएका छन् ।

  • २६ जेष्ठ २०७५, शनिबार २१:३३ प्रकाशित
  • Nabintech