४ बैशाख २०८१, मंगलवार
यात्रुबहाक बस दुर्घटना हुँदा १ को मृत्यु,
  • काँचुली खबर

जनकपुर देखि नेपालगन्ज आउँदै गरेको ना ५ ख १८२९ नम्बरको यात्रु बाहक बस दाङको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना हुदा ३३ जना यात्रुहरु घाइते भएका छन ।

आज (शुक्रबार) बिहान् करिब साढे ६ बजे उक्त बस तिब्रगतिमा भएको कारण दुर्घटना भएको यात्रुहरुले बताएका छन् । सोही बसमा सवार जनकपुरमा बसेर स्टाफ नर्स पढ्दै गरेकी दैलेख नयाँ बजारकि तारा कार्कीका अनुशार ड्राइभरले बिस्तारै चलाउन नमानेकोले अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा भारत लक्खिमपुरकी पाँच बर्षिय मोहम्मद नुर्बिनको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । दुर्घटनामा १ जनाको ज्यान जानुको साथै ३१ जना घाइते भएका छन । घाईतेहरुमध्ये ११ जनाको अवस्था गम्भीर रहेको र अन्य २० जनाको अवस्था भने सामान्य रहेको प्रहरी जनाएको छ । घाइते मध्ये २६ जनाको कोहलपुर र ५ जनाको लमही अस्पतालमा उपचार भैरहेको छ । उक्त बसमा ३३ जना यात्रु सवार थिए ।

खचाखच यात्रुले भरिएको उक्त बस सडकबाट खोलामा खसेको थियो । दुर्घटना भएको बसमा प्राय मजदुरी गरेर घर फर्किन लागेका भारतीय नागरिक भएको प्रहरीले बताएको छ । उक्त दुर्घटनामा बस चालकको अबस्था अज्ञात रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंहले जानकारी दिएका छन ।

  • २५ जेष्ठ २०७५, शुक्रबार १२:४६ प्रकाशित
  • Nabintech