३२ लाख भारतीय रूपैयाँसहित दुर्इ पक्राउ
  • काँचुली खबर

पर्सा/ भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई सार्वजनिक गरेको हो । वीरगञ्जको रजतजयन्ती चोकबाट ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुबै जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेका थिए । ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा चढेर रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका चितरञ्जन र केशरीलाई शंका लागेर चेकजाँच गर्दा २ हजार दरका १ हजार ५ सय ९० थान भारतीय नोटसहित प्रहरीले दुबै जनालाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले बरामद रुपैयाँको स्रोत चितरञ्जन र केशरीले बताउन नसकेपछि आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धन विभाग हरिहर भवन काठमाडाैं पठाउन लागिएको जानकारी दिए ।

  • २३ जेष्ठ २०७५, बुधबार १४:२७ प्रकाशित
  • Nabintech