१५ चैत्र २०८०, बिहीबार
बसभित्र सामुहिक बलात्कारको प्रयास
  • काँचुली खबर

विरगञ्जबाटबाट सुर्खेत जाँदै गरेको रात्रीबसमा एक युवतीको सामुहिक बलात्कारको प्रयास भएको छ । ना ६ ख ७२२७ नम्बरको रात्रीबसमा सुर्खेत जाँदै गरेकी युवतीले बलात्कारको प्रयास हुन थालेपछि प्रहरीलाई सहयोगको लागि फोन गरेकी थिइन् । युवतीले फोन गरेर उद्वार गर्न आग्रह गरेपछि आइतबार बिहान साढे ४ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयामा प्रहरीले बस रोकेर चालक सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी यज्ञ प्रसाद भट्टराईले युवतीले रातीमा फोन गरेर यौन दुव्र्यवहारको प्रयास भइरहेको बताएपछि युवतीलाई उद्वार गरेर बसका चालक सहित २ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
भट्टराईका अनुसार बसका चालक अर्विन साह र अर्का बिष्णुकुमार ज्ञवालीलाई नियन्त्रणमा लिइएको छ । डिएसपी भट्टराईले युवतीले लिखित निवेदन नदिएको बताउदै निवेदन दिएपछि बलात्कारको प्रयास हो की दुव्र्यवहार मात्र हो भनेर खुल्ने बताए । प्रहरी स्रोतका अनुसार युवतीले भने, आफुमाथि बलात्कारको प्रयास भएको बताएकी छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • २० जेष्ठ २०७५, आईतवार २०:२२ प्रकाशित
  • Nabintech