१६ चैत्र २०८०, शुक्रबार
विद्यार्थी संगठनद्वारा भोलि शैक्षिक हडतालको घोषणा (विज्ञप्ती सहित)
  • काँचुली खबर

आइतबार संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियन र राष्ट्रवादी विद्यार्थी संगठनले भोलि २१ गते एक दिने शैक्षिक हडतालको घोषणा गरेका हुन् ।

आम विद्यार्थीहरुको पहँुच स्थापित गर्न आफूहरुले राखेका मागहरु सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै शैक्षिक हडतालको घोषणा गरिएको अखिल क्रान्तिकारी जिल्ला समिति बाँकेका अध्यक्ष मदन चन्द, नयाँ शक्ति विद्यार्थी युनियनका जिल्ला संयोजक माया चौधरी र राष्ट्रवादी विद्यार्थी संगठनका महामन्त्री विजय काफ्लेद्वारा हस्ताक्षेरित संयूक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आफ्ूहरुले गरेका मागपत्र, अन्तक्रिया तथा तालाबन्दी लगायतका शालिन संघर्षलाई वेवास्ता गरिएकोले संघर्षको नयाँ चरणमा प्रवेश गर्नु परेको राष्ट्रवादी विद्यार्थी संगठनका महामन्त्री विजय काफ्लेले जानकारी दिनुभयो ।

सो कार्यक्रम केन्द्रिय कार्यक्रम अन्तर्गत नै भएको र भोलि २१ गते विद्यालय एक दिनको लागि बन्द गरी सहयोग पु¥याई सहयोग गरिदिनु हुन बाँकेका प्याब्सन, एनप्याब्सन लगायत सम्पूर्ण सरोकारवाला निकायलाई आह्वान समेत गरिएको छ ।

  • २० जेष्ठ २०७५, आईतवार १९:४१ प्रकाशित
  • Nabintech