१४ बैशाख २०८१, शुक्रबार
चुनावमा गरिएका बाचा पुरा गर्ने मन्त्री पौडेलको प्रतिवद्धता
  • काँचुली खबर

बाँकेको बैजनाथ गाँउपालिका ६ मा रहेको गौथली सामुदायिक वन उपभोक्ता समितिको नवनिर्मित भवनको उद्घाटन गरीएको छ । सामुदायिक भवनको उद्घाटन गर्दै ५ नं. प्रदेश कृषि, भूमिब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले जनतासँग गरेका बाचा क्रमिक रुपमा कार्यान्वय गर्दै जाने बताईन । मन्त्री पौडेलले स्थानीय, प्रदेश र संघिय सरकारबिच समन्वयकारी भूमिकामा निर्वाचनमा गरिएका प्रतिवद्धताहरु पुरा गर्न सकिने बताईन । मन्त्री पौडेलले भनिन, “हामीलाई तपाईहरुले प्रश्न गर्नु स्वाभाविकै हो, किन लालपुर्जा वितरण गरिएन, किन सामाजिक सुरक्षा भत्ता बृद्धि गरिएन, यो सबै कार्यहरु संघिय, प्रदेश तथा स्थानीय सकारले विस्तारै कार्यान्वय गर्ने छ ।” सामाजिक सुरक्षा भत्ता बृद्धि नभए पनि विमा कार्यक्रमले बृद्धाहरुलाई मात्र नभई सबै क्षेत्रमा आवद्ध नागरिकहरुलाई सम्बोधन गरेको मन्त्री पौडेलले दाबी गरिन । यु

वाहरु खाडीमा जानुपर्ने बाध्यतालाई संघिय सरकारले शैक्षिक प्रमाणपत्र राखेर उच्च शिक्षा तथा आर्यआर्जन मुलक व्यवसाय गर्नका लागि रु. ५ देखि ७ लाख सम्म उपलब्ध गराउन कार्यक्रम ल्याएको बताईन । मन्त्री पौडेलले चुनावी घोषणापत्रमा उल्लेख गरिएका अधिकाशं कार्यक्रमहरु कार्यान्वयमा आएमा युवा पलायन हुने क्रम क्रमिक रुपमा रोकिने विश्वास व्यक्त गरिन् । मन्त्री पौडेले सहकारीलाई राज्यले विश्वास गरेको बताउँदै सबै सहकारीमा आवद्ध भई आर्य आर्जनका क्रियाकलापमा लाग्न आग्रह गरिन् । त्यस्तै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुृर रुचालले स्थानीय सरकारले विकासका कार्यहरु तिब्र रुपका सम्पाद हुदै गरेको जानकारी गराए । अध्यक्ष रुचालले सृजनात्मक क्रियाकलापहरुमा

 

गाउँपालिका कार्यालयको सहयोग हुने प्रतिवद्धता जनाए । कार्यक्रममा गौथली सामुदायिक वनका कार्य समिति सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानीत हुनेहरुमा धन बहादुर रोकाया, महेश सार्की, विर बहादुर कामी रहेका छन । उनिहरुलाई कदर पत्र र सामुदायिक वनको परिचय पत्र विरण गरीएको थियो । गौथली सामुदायिक वनका अध्यक्ष दिल विकले सामुदायिक वन मात्र नभएर युवा तथा पिछडिएका वर्गलाई रोजगारीको समेत व्यवस्था गरेको बताए । विकले सामुदायिक वनले स्थानीय सरकारले कार्यान्वयमा ल्याउन लागेको एक घर ५ बिरुवा लगाउने कार्यक्रमलाई नर्सरीद्धारा बिरुवा उपलब्ध गराउने जनाए

। मन्त्री पौडेलले गौथली सामुदायिक वनमा निर्माण हुन लागेको भ्यू टावरको अवलोक गर्नुकासाथै त्यसक्षेत्रमा बृक्षारोपण गरेकी थिईन । भ्यू टावर निर्माणमा प्रदेश सरकारबाट सहयोग हुने बताईन । भ्यू टावर निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द विश्वकर्माले स्थानीय सरकारबाट रु. ९ लाख उपलब्ध गराएको जानकारी गराए । विश्वकर्माले थप बजेट संघिय तथा प्रदेश सरकारसँग माग गरेको जानकारी गराए । विकले भ्यू टावर निर्माणसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको बताए ।

  • २० जेष्ठ २०७५, आईतवार ०९:५३ प्रकाशित
  • Nabintech