८ बैशाख २०८१, शनिबार
पाल्पामा बस दुर्घटना, १३ जनाको मृत्यु
  • काँचुली खबर

पाल्पा । रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

मृत्युु हुनेमा तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाला प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य,तानसेन ३ का छत्रमान शाक्य,तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ,तानसेन ४ का कृष्णबहादुर बोहोरा,तानसेन ६ का दुर्गाबहादुर सारु,तानसेन २ का लोकनाथ ढकाल,तानसेन ३ का बसन्ती खाण,तानसेन ६ का गिता बुढाथोकी ,तानसेन ३ कमला कार्की रहेका छन ।

एक जना महिलाको नाम खुलेकोे छैन । कमला कार्कीको लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्यक मिसन अस्पतालमा मृत्यु भएको हो । अन्यको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा प्रफुल्ल शर्मा,विमल रन्जन,उत्तम कुमार बज्राचार्य,ओम मलेगो,मिना खाम्चा,मुना सारु,अर्जुन थापा र प्रविण बज्राचार्यको उपचार भैरहेको छ । घाईत मध्य प्रविण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

  • १८ जेष्ठ २०७५, शुक्रबार १३:५५ प्रकाशित
  • Nabintech