१२ बैशाख २०८१, बुधबार
बहिरा राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु
  • काँचुली खबर

बाँकेको कोहलपुर बिहीबारदेखि नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोहलपुरमा रहेको प्रस्तवित अन्तर्राष्टिूय क्रिकेट मैदानमा राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल आयोजना र बाँके बहिरा क्रिकेट संघको आथित्यतामा प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बाँके प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले खेलकुदको माध्यमबाट बहिराहरुलाई राज्यले जोड्नु पर्ने भन्दै बहिरा क्रिकेटको विकासका लागि राज्यले नीति नियम बनाउँदा विशेष ध्यान दिनुपर्ने बताएका छन् । साथै उनले देशको वर्तमान अवस्थामा खेलक्षेत्रको विकासका लागि राज्यले जुन रुपमा लगानी गर्नुपर्ने हो त्यो सोचका साथ लगानी गर्न नसक्दा खेलकुद क्षेत्रको विकासमा फड्को मार्न नसकिएको बताए ।
प्रतियोगिताबाट राष्ट्रिय बहिरा क्रिकेट टिमको निर्माण गरी बहिरा क्रिकेटको विकासका लागि राज्यले विशेष चासो दिर्नु पर्ने पूर्व कप्तान एलबी क्षेत्रीले बताएका छन् ।
प्रतियोगिताबाट छनौट भएका १५ जना खेलाडिले अक्टोबर १२ देखि २४ गतेसम्म श्रलंकामा हुने विश्व कप बहिरा क्रिकेट प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ । प्रतियोगितामा बाँके, काठमाण्डौं, रुपन्देही, काँस्की, सुनसरी, मोरङ र झापा जिल्लाबाट सहभागिता जनाएका छन् ।
प्रतियोगिताको पहिलो दिन सम्पन्न भएको खेलमा बाँकेलाई ७५ रनले हराउँदै झापा विजय भएको छ । टस हारेर व्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । १ सय ६५ रनको विजय लक्ष्य लिएको बाँकेले २० ओभरमा ८ विकेटको क्षतिमा ८९ रन बनाएको थियो । म्यान अफ दि म्याच झापाका टाक्युहान पालुगवा घोषित भएको थिए । सो प्रतियोगिता जेष्ठ ६ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

  • १८ जेष्ठ २०७५, शुक्रबार १२:०० प्रकाशित
  • Nabintech