खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरलाई साक्षर वडा घोषणा
  • काँचुली खबर

बाँके/  बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरलाई साक्षर वडा घोषणा गरिएको छ । मैटहवा मावि सैनिकमा शुक्रबार औपचारिक कार्यक्रम गरी वडालाई साक्षर घोषणा गरिएको हो । साक्षर वडा घोषणा गर्दै वडा अध्यक्ष सुमन मल्लले वडापालिकाले दिने सेवासुविधा अबदेखि औठाछाप मुक्त भएको घोषणा गरे । प्रदेशसभा सदस्य बाबुराम गौतमले  स्थानीय तहको निर्वाचनपछि राधापुर साक्षर वडा हुन सफल भएको बताउँदै यसले बाँके जिल्लालाई साक्षर घोषणाका लागि दबाव पुग्ने बताए ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव , खजूरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, जिल्ला शिक्षा तथा समन्वय केन्द्र बाँकेका प्रमुख गोर्ख थापाले साक्षर वडा हुन सफल भएकोमा राधापुरबासी बधाईका पात्र भएको बताउँदै अहिलेको अवस्थामा प्रत्येक नागरिक साक्षर हुन आवश्यक भएको बताए । कार्यक्रममा खजूरा गाउँपालिकाका प्रशासकीय प्रमुख सुन्दर श्रेष्ठ, शिक्षक महासंघ बाँकेका अध्यक्ष बाबुतरुण गौतम, शिक्षक संगठनका अध्यक्ष बामदेव सुवेदी, शिक्षक संघका अध्यक्ष वीरेन्द्र यादव लगायत उपस्थित थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

राधापुरमा  १५ देखि ६० बर्ष उमेर समहूका दुई हजार ९६२ जनसङ्ख्या भएकोमा दुई हजार ८९० जना अर्थात ९८.१९ प्रतिशत साक्षर भएको पाइएपछि खजूरा गाउँपालिका कार्यपालिका बैठकले साक्षर वडा घोषणा गर्ने निर्णय गरे अनुसार शुक्रबार राधापुरलाई साक्षर वडा घोषणा गरिएको हो । घोषणाअघि शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थितीमा ¥याली समेत निकालिएको थियो । प्रदेश ५ मा कपिलवस्तु र बाँके जिल्ला मात्रै अब साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको छ । बाँकेका ८ स्थानीय तहका ८१ वडा मध्ये यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी, वडा नम्ब्र १७ कारकादौं र बैजनाथ गाउँपालिकाको वडा नम्बर २,३,४ साविक (नौबस्ता गाविस) साक्षर वडा घोषणा भएका छन् ।

  • ११ जेष्ठ २०७५, शुक्रबार १५:०० प्रकाशित
  • Nabintech