२० बैशाख २०८१, बिहीबार
प्रहरीलाई घुस दिन खाज्ने दुई पक्राउ
  • काँचुली खबर

डिएसपीलाई ५० हजार घुस दिन खोज्ने दुई जना गोरु तस्करलाई कोहलपुर प्रहरीले प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहको कार्यकक्षमा छिरेर घुस दिन खोजेपछि दुई गोरु तस्करलाई प्रहरीले रकमसहित पक्राउ गरेको हाे ।

सिंहका अनुसार रकमसहित पक्राउ पर्नेहरुमा हेटौंडा–४ स्थायी घर भएका अब्दुल देवान र बाँके कोहलपुर–१२ स्थायी घर भएका नवराज थापा रहेका छन् ।

“सबै ठाउँमा मिलिसक्यो तपाई यो पैसा लिनुस्” भन्दै आफ्नो कार्यकक्षमा आएका गोरु तस्करहरूलाई नियन्त्रणमा लिइएको सिहले बताए ।

बिहीबार मात्र नेपालगन्जमा पुगेर बाँके र बर्दियाका प्रहरी अधिकारीहरुलाई नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरीलाई प्रलोभनमा पारेर रकम दिन खोज्नेलाई पक्राउ गरेर मुद्वा चलाउन निर्देशन दिएका थिए ।

पश्चिमन्युजबाट साभार

  • १३ पुष २०७५, शुक्रबार १६:५२ प्रकाशित
  • Nabintech