४ जेष्ठ २०८१, शुक्रबार
सेटेलाइटबाटै अब विश्वभर निःशुल्क वाईफाई !
  • काँचुली खबर

एक चीनियाँ कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउँने तयारी गरेको छ । विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारीमा चिनीयाँ एक इन्टरनेट कम्पनीले उपग्रह लिएर आएको छ । यसको उद्‌घाटन भने आउँदो बर्ष हुने बताइएको छ ।

उपग्रह चीनको पश्चिमउत्तरमा रहेको गाँन्सु प्रान्तमा जियुकान सेटेलाइट लञ्च सेंटरमा आउँदो बर्ष उद्‌घाटन गरिने भएको लिंकश्योर नेटवर्क कम्पनीले जनाएको छ । मानिसहरुको इन्टरनेटमा पहुँच बढाउँन सेटेलाइटको विकल्प नहुँने भन्दै गुगल, स्पेस एक्स, वेन वेइभ लगायतका कम्पनीले पनि विश्वभर फ्रि वाईफाइका लागि योजना अघि बढाएका छन् । २०२० सम्म अन्तरिक्षमा यस्ता १० उपग्रह र २०२६ सम्म २ सय ७२ उपग्रह हुनेछन् ।

पिपुल्स डेलीमा प्रकाशित एक रिपोर्ट अनुसार, उपग्रह द्वारा उपलब्ध गराइने इन्टरनेट सेवा सबैले सजिलो तरिकाले उपयोग गर्न सक्नेछन् । यो सेवा प्रयोगकर्ताले आफ्नो मोबाइल फोनबाटै उपयोग गर्न सक्नेछन् । रिपोर्टका अनुसार, लिंकश्योरका कार्यकारी निर्देशक (सीईओ) वांग जिंगयिंगले कम्पनीले यो परियोजनामा तीन अरब युआन खर्च गर्ने बताइन् ।

नेपालले पनि सेटेलाइट संचालन गर्नेगरि मोडालिटी बनाउदै

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) ले नेपाललाई उपलब्ध गराएको ‘स्लट’मा स्याटेलाइट सञ्चालनको मोडालिटी तय गर्ने प्रक्रिया अघि बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइटको स्वदेशी खपत, विदेशमा बिक्रीको सम्भावना र सञ्चालनमा निजी क्षेत्रको भूमिकाजस्ता विषय टुङ्गो लगाउने गरी काम थालेको जानकारी गराउदै गोरखापत्रमा बिश्वास रेग्मीले समाचार लेखेका छन् ।

प्राधिकरणले यसअघि स्याटेलाइट सञ्चालनको सम्भावना र त्यसको मोडालिटीका बारेमा स्वदेशी तथा विदेशी संस्थासँग आशयपत्र माग गरेको थियो । त्यतिबेला २१ कम्पनीले प्राधिकरणमा आवेदन बुझाएका थिए । यद्यपि उक्त प्रक्रियाको टुङ्गो भने लागेको छैन ।

अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्न २० देखि ४० अर्ब रुपियाँ लाग्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ । यसरी राखिएको स्याटेलाइटको आयु भने १५ वर्ष मात्र हुनेछ । ठूलो लगानी लाग्ने तर त्यसको उपयोग अवधि कम हुने भएकोले त्यसको खपत र बिक्रीको सम्भावनाको विषयमा पनि नीतिपत्रमार्फत नै टुङ्गो लगाउने तयारी छ ।

अहिले नेपालमा दूरसञ्चार कम्पनी र प्रसारण माध्यमले स्याटेलाइटको गरिरहेका छन् । चीन, बेलायत र हङ्कङका स्याटेलाइटमार्फत नेपाली कम्पनीले त्यस्तो सुविधा लिँदै आएका छन् । खासमा अहिले नेपालमा वार्षिक स्याटेलाइटको खपत कति हुनेछ भन्ने तथ्याङ्क पनि छैन, उहाँले भन्नुभयो, विज्ञहरूले यी सबै कुराको विश्लेषण गरेर मोडालिटीको बारेमा सुझाव दिनेछन् ।

स्याटेलाइटमा रेडियो सङ्केत लिएर विभिन्न संयन्त्रमा वितरण गर्ने ट्रान्सपोन्डर रहन्छन् । त्यस्ता ट्रान्सपोन्डर समान्यता २४ वटा सामान्य आकारका र १२ वटा साना आकारका रहन्छन् । नेपालको आवश्यकता अनुसार ट्रान्सपोन्डरको सङ्ख्या पनि सुनिश्चित गर्ने र बाँकीलाई बिक्री गर्नसक्ने आधार तय गर्ने विषयमा पनि प्राधिकरणले नीति पत्रमार्फत सुझाव खोजेको छ ।

प्राधिकरणले तयार गरेको नीतिपत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बुझाउने छ । मन्त्रालयले त्यसमा आवश्यक अध्ययन गरी अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्ले पारित गरेपछि सोही नीतिको आधारमा स्याटेलाइट स्थापनाको प्रक्रिया कार्यान्वयनमा आउनेछ ।

  • १५ मंसिर २०७५, शनिबार १९:२९ प्रकाशित
  • Nabintech