बालबालिका संरक्षणकालागि श्रोत नक्शाङ्कन बनाईदै
  • काँचुली खबर

सामाजिक सचेतन सरोकार मन्च (स्याक) को आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बढैयाताल गाउँपालिकाको सहकार्यमा बालबालिका संरक्षणको लागि श्रोत नक्शाङ्कन बनाइने भएको छ । श्रोत नक्शाङ्कन निर्माण भएपछि जोखिममा परेका बालबालिकाहरुलाई तुरुन्त उद्धार गर्न सहज हुने सहभागीहरुले बताएका छन् । बिहिबार भएको गाउँपालिका स्तरीय सरोकारवाला निकायसँग छलफलमा श्रोत नक्शाङ्कनमा के कस्ता सूचनाहरु र विवरण राख्ने भन्ने बारे बृहत छलफल गरिएको छ ।
श्रोत नक्शाङ्कन निर्माण गर्नुको उद्धे्श्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिए । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गरेका बढैयाताल गाँउपालिकाका उपाध्यक्ष तथा पालिका स्तरीय बाल संरक्षण समितिका संयोजक दिपा कुमारी गौतमले स्थानिय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान साथै महिला हिंसा विरुद्ध अभियान १६ दिने अभियान सन्चालन गर्न पालिकाले सबै निकायसंग समन्वय र सहकार्य गरि ठोस कार्य योजना बनाउने प्रतिबद्धता जनाईन ।

कार्यक्रममा बढैयाताल गाउँपालिका बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरुले आ-आफनो संस्थाको कार्यक्रम बारे जानकारी गराएका थिए । गाँउपालिका अन्तरगतका महिला तथा बालबालिका शाखाका दुर्गा हमाल, इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण ओली नं. ६ का वडा अध्यक्ष रामहर्ष थारुले आ-आफनो वडाले बालबालिकाको संरक्षणको लागि बजेट तथा योजना समेत छुट्याएको जानकारी गराएका थिए ।
प्रहरी प्रतिनीधि, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, बाल क्लवका सदस्य, नागरिक समाज, शिक्षक र बालबालिकाको समेतको सहभागिता रहेको कार्यक्रबाट पालिका स्तरीय बाल संरक्षण समिति र पालिका स्तरीय बाल सन्जाल समेत निर्माण गरिएको छ ।
हाल बढैयाताल गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युुवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याकका सहजकर्ता जनक चौधरीले जानकारी दिए ।

  • ६ मंसिर २०७५, बिहीबार १८:४३ प्रकाशित
  • Nabintech