लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म नेपालगञ्जमा विविध कार्यक्रम गरिने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा विभिन्न संघ सस्थासँगको सहकार्यमा सचेतनामुलक र प्रचारात्मक लगायतका कार्यक्रम गरिने तयारी गरिएको छ । उपमहानगरपालिकाद्धारा बिहिबार नेपालगञ्जमा कार्यरत सरोकारवाला संघ संस्थासँगको छलफलमा अभियानको व्यापकता र सफलताका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
अभियान अन्तगर्त नगरका सबै चौकमा व्यानर प्रदर्शन, एकै समयमा दिप प्रज्वलन, सेतो रिवन र पम्पलेट वितरण, सडक नाटक तथा भिडीयो प्रदर्शनी, विद्यालयमा अभिमुखीकरण, चित्रकला, अन्तरक्रिया, रेडियो कार्यक्रम लगायतका गरिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका प्रमुख महिला विकास अधिकृत शोभा शाहका अनुसार, विभिन्न संघसंसंस्थासँगको साझेदारीमा लैगींक हिंसा विरुद्धका कार्यक्रम गरिनेछन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

नगर उपप्रमुख उमा थापामगरको अध्यक्षतामा भएको छलफलमा संघ संस्थाका तर्फबाट सहकार्यको प्रतिवद्धता पनि आएको छ । लैगिक हिंसा सबैको साझा सवाल भएकाले अभियानमार्फत प्रभावकारी कार्यक्रम गरिने उपप्रमुख थापामगरले विश्वास व्यक्त गर्नु भयो । लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष अंगे्रजी महिनाको नोभेम्बर २५ महिला विरुद्धको अन्तर्राष्ट्रिय दिवसबाट शुरु गरी डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्म अभियान सञ्चालन गरिन्छ ।
६ मंसिर २०७५, बिहीबार १८:२५ प्रकाशित