४ जेष्ठ २०८१, शुक्रबार
पत्रकारहरुको पारिश्रमिक दक्षताका अधारमा निर्धारण गरिनुपर्ने माग
  • काँचुली खबर

योग्यता, दक्षता र क्षमताको आधारमा पारिश्रमिक निर्धारण गर्न बाँकेका पत्रकारहरुले  गरेका छन् । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजनमा मंगलबार नेपालगन्जमा भएको श्रमजिवी पत्रकार ऐन पारिश्रमिकमा पुनरावलोकन कार्यन्वयनको अवस्था चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बाँकेका पत्रकारहरुले यस्तो माग गरेका हुन ।

पत्रकारहरुको श्रमको उचित मुल्याङ्कन नभएको घटना बारम्बार दोहरिदा पनि त्यसको प्रभावकारी कार्यन्वयन हुन नसकेको भन्दै पारिश्रमका बारेमा गम्भीर हुन उनिहरुले आग्रह समेत गरेका छन । कतिपय संचारगृहले न्यूनतम पारिश्रमिक निर्धारण सििमतले तोकेकै आधारमा पारिश्रमिक उपलब्ध गराउँदै आएको भएपनि अधिकाशं मिडिया हाउसहरुले पत्रकारहरुलाई सम्बोधन गर्न नसकेको भन्दै उनिहरुले पत्रकारहरुको दक्षता र क्षमताका आधारमा पारिश्रमीक निर्धारण गर्नु पर्नेमा जोड दिएका थिए । काठमाण्डौं उपत्यकामा मात्र न्युनतम पारिश्रमिक ऐन लागु रहेको र अन्य जिल्लाहरुको अवस्था अझै उस्तै रहेको भन्दै बाँकेका पत्रकारहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।
मिडियाको दिगो विकासकालागि मिडिया हाउस नै सबैभन्दा बढि जिम्मेवार हुन पर्ने पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिव भेषराज बस्नेतले जिकिर गरे । पत्रकारहरुलाई पारिश्रमिक उपलव्ध गराउने जिम्मेवारी पनि संचार गृहको नै रहेको बताउादै महासचिव बस्नेतले मिडियालाई कसरी प्रभावकारी रुपमा संचालन गर्ने र संचारर्मीको पारिश्रमिक कसरी उपलध् गराउने भन्ने विषयमा राज्यको कुनै पनि भुमिका हुन जरुरी नरहेको बताए ।

स्थानियस्तरमा संचालनमा रहेका पत्र-पत्रिका, रेडियो, टेलिभिजन र अनलाईनलाई प्रभावकारी रुपमा संचालन गराउन राज्यले समानुपातिक विज्ञापन प्रणाली लागु गर्नुपर्ने पत्रकार महासंघका पूर्व केन्द्रिय महासचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण सििमतका निवर्तमान अध्यक्ष पोषण केसीले जिकिर गरे । संचारगृह संचालनमा मात्र जोड दिनुभन्दा त्यसलाई प्रभावकारी रुपमा संचालन गर्ने विषयमा पत्रकारहरु केन्द्रित हुनेपर्नेमा उनले जोड दिए ।

नेपाल सरकारले राष्ट्रिय मिडियाका श्रमजिवी पत्रकारहरुकालागि न्युनतम मासिक पारिश्रमिक २४ हजार ३ सय ७५, राष्ट्रिय मिडियाका श्रमजिवी कामदार कर्मचारीकालागि न्युनतम मासिक पारिश्रमिक १८ हजार, अन्य संचार प्रतिष्ठानका श्रमजिवी पत्रकारहरुकालागि न्युनतम मासिक पारिश्रमिक १७ हजार ६ सय २५ र आम संचार प्रतिष्ठानका श्रमजिवी कामदाररकर्मचारीहरुका लागि न्युनतम मासिक पारिश्रमिक १५ हजार ६ सय २५ तोकिएको न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगा तुलाधरले जानकारी दिए ।
नेपाल सरकारले श्रमजीवि पत्रकार सम्बन्धि ऐन २०५१ को दफा ११ बमोजिम गठित न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस बमोजिम संचार प्रतिष्ठानहरुमा २०७५ कात्र्तिक १ गते देखि लागु हुने गरि संचार प्रतिष्ठानहरुमा कार्यरत श्रमजिवी पत्रकार, कामदार र कर्मचारीहरुको न्युनतम पारिश्रमिकमा २५ प्रतिशत बृद्धि गरिएको छ ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुके सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा अग्रज पत्रकारहरु पूर्णलाल चुके, लियाकल अलि, निरज गौतम, झलक गैरे लगायतले न्यूनतम पारिश्रमीक ऐनलाई केही संसोधन गरी लागु गर्नुपर्नेमा जोड दिएका थिए ।

  • २८ कार्तिक २०७५, बुधबार १०:०४ प्रकाशित
  • Nabintech