महिन्दा राजपाक्षेले तोडे सिरिसेनाको पार्टीसँगको ५० वर्ष पुरानो गठबन्धन
  • काँचुली खबर

एजेन्सी– श्रीलंकामा चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री महिन्दा राजपाक्षेले आइतबार सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) सँग ५० वर्ष पुरानो गठबन्धन तोडेका छन् । उनले गठबन्धन तोडेर नवगठित श्रीलंका पिपुल्स पार्टी (एसएलपीपी) को सदस्यता लिएका छन् ।

जनवरी ५ मा श्रीलंकामा हुने चुनावमा राजपाक्षे एक्लै लड्न सक्ने अनुमान गरिएको छ । १९५१ मा गठित एसएलएफपीका संस्थापक सदस्य उनका बुवा डन एल्विन राजपाक्षे थिए तर यो चुनावमा महिन्दा राजपाक्षेले एसएलएफपीलाई सहयोग नगर्ने बताइएको छ ।

केही दिन अगाडी राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वप्रधानमन्त्री रानिल विक्रमसिङ्गेको नेतृत्व रहेको गठबन्धनको समर्थन फिर्ता लिएका थिए । यसपछि महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री पदको शपथ दिएका थिए । विक्रमसिङगेले आफूलाई प्रधानमन्त्रीबाट हटाउनु संवैधानिक नभएको बताएका थिए । उनले यो मुद्धा संसदमा उठाउन समय मागेका थिए ।

विक्रमसिंङगेका समर्थकहरुको प्रदर्शनपछि न्युयोर्कको ह्युमन राइट्स वाचले श्रीलंकामा पूर्व राष्ट्रपतिलाई प्रधानमन्त्री बनाउने गलत परम्पराको सुरुवात हुन सक्ने चेतावनी दिएको थियो । सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार सिरिसेना र विक्रमसिङ्गेबीच आर्थिक तथा सुरक्षाका केही मुद्धाहरुमा मतभेद रहेको थियो ।

  • २६ कार्तिक २०७५, सोमबार ०७:५६ प्रकाशित
  • Nabintech