४ जेष्ठ २०८१, शुक्रबार
पेट्रोल पम्पहरुको ठगी धन्दा
  • काँचुली खबर

काठमाडौं — पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ । डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएका छन् ।

आँखाले देख्न नसकिने र सामान्य सिस्टमले समेत हत्तपत्त पत्ता लगाउन नसक्ने सफ्टवेयर जडान गरेर पम्पले तेलमा ठगी गर्दै आएको तथ्य फेला परेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।  आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

  • २६ कार्तिक २०७५, सोमबार ०७:२४ प्रकाशित
  • Nabintech