महिला हिंसा न्युनिकरणकालागि बिशेष अभियान अन्तरगत चेतनामुलक दैउसी भैलो खेलिएको छ । बढैयाताल गाँउपालीकामा महिला पुरुष बिच समान व्यवहार विकास गर्ने उद्धश्यका साथ महिला हिंसा सम्बन्धी काम गर्ने बिभिन्न संघ संस्थाका प्रतिनिधी, महिला अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी लगायतको सहभागितामा देउसी भैलो खेलिएको हो ।
बढैयाताल गाँउपालीका र ईलाका प्रहरी कार्यालय मैनापोखरको सहकार्यमा जनचेतनामुलक देउसी भैलो खेलिएको हो । गाँउपालीकामा हुने महिला हिंसा, माद्यक पदार्थ सेवन, लागु पदार्थ दुव्र्यसनी जस्ता समाजिक बिकृतिहरुलाई अन्त्य गर्ने अभियान अन्तरगत जनचेतना मुलक देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको जागरण समूहका संयोजक तथा बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतमले जानकारी दिईन । मानिसहरुको सोचाई र चेतनामा अझै कमी रहेकाले पनि सबैको चेतनाकालागि तथा रमाईलो होस भन्ने उद्देश्यले चेतनामुलक देउसी भैलो कार्यक्रम खेल्नु परेको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण वलीले बताए । देउसी भैलो कार्यक्रम बढैयाताल गाँउपालिकाको जमुनी, भोला गौडी, खैरेनी, बढैयागाँउ, मैनापोखर बजार र सितला बजारमा खेलिएको छ ।
२१ कार्तिक २०७५, बुधबार १२:४६ प्रकाशित