स्थानीय सवालहरुमा छलफल गर्दै समाधानको बाटो पहिल्याउन स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय साझेदारी मन्च बढैयाताल गाउँपालिकामा गठन गरिएको छ ।
सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र (आईएचआरसी) नेपालगन्जले युएसएआडी र एफएचआई ३६० को साझेदारीमा संचालन गरेको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत रहेर मन्च गठन भएको हो । नागरिक समाज र स्थानीय तहबिच कृषि, शिक्षा ,स्वास्थ्य, विपत व्यवस्थापनका साथसाथै अन्य सेवाप्रवाहका कुराहरुमा समस्या पहिचान र समाधानका लागि सबैलाई जिम्मेवार बनाउने थप उद्देश्यले मन्च गठन गरिएको हो । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको संयोजकत्वमा गाउँपालिकाका वडाका वडाअध्यक्ष, विषयगत शाखाका सेवा प्रमुखहरु, कार्यपालीका सदस्य, वडा सदस्य र स्थानीय सभाका सदस्यहरु रहने गरी मन्च गठन गरिएको छ ।
साझेदारी मन्च गठन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले साझेदारी मन्चले सबैलाई स्थानीय सवालहरुमा छलफल गर्न एकैठाउँमा ल्याउने र एकआपसमा जवाफदेही र पारदर्शी बनाउन सहयोग पुग्ने बताउनुभयो । साथै सबै वडाहरुका सवालहरुलाई पनि यस मन्चले सम्बोधन गर्ने र पालिकाले गर्ने गतिविधीहरुमा सहयोग पुग्ने भन्दै साझेदारी मन्च नागरीक र सेवाप्रदायक बिच छलफलको राम्रो साझा मन्च भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो । स्थानीय तहका सवैको सहभागितामा मन्च गठन गरिएकाले आगामी दिनमा यसले सन्चालन गर्ने सचेतनामूलक कार्यक्रममा सहयोग गर्न श्रेष्ठले सवै वडा अध्यक्ष तथा सरोकारवालाहरुलाई आग्रह समेत गर्नुभएको छ । त्यस्तै मन्च गठन कार्यक्रममा वोल्दै बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले साझेदारी मन्च गठनले गाउँपालीकाले गरि आएका कार्यक्रमहरुमा थप सहयोग पुग्ने र सबै वडाका समस्याहरु पहिचान गर्न सहज हुने बिश्वास व्यक्त गरे ।
सो कार्यक्रममा विषयगत शाखाका सेवा प्रमुखहरु, कार्यपालीका सदस्य, वडा सदस्य र स्थानीय सभाका सदस्यहरु, सामुदायिक अनुसन्धानकर्ता र सामुुदायिक सन्चारकर्मीर नागरिक समाजका सदस्य लगायतको उपस्थिती रहेको थियो । आईएचआरसी नेपालगन्जले बढैयाताल गाउँपालिकाको १, २ ३ र ६ नम्वर वडामा पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत सचेतनामूलक कार्यक्रमहरु सन्चालन गरिरहेको र परियोजनाको उद्धेश् यबारे संस्थाका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले बताउनुभयो । सो साझेदारी मन्चको विषय बारेमा वडा नम्बर ३ मा गठित स्थानीय सभाका अध्यक्ष हरि बहादुर घर्ती, सचिव गंगाधर पराजुली, सूचना अधिकार रमेश पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष शेर बहादुुर थापा, न्यायिक समन्वय समितिका प्रमुख विनिता सिहं, शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकालले बोल्नु भएको थियो । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत सन्चालित कार्यक्रमहरुले नागरिक समाज र स्थानिय तह सन्चार वीच समन्वयकारी भूमिका निर्वाह गर्दै सहजीकरणमा सहयोग गर्ने बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङले जानकारी दिनुभयो ।
१९ कार्तिक २०७५, सोमबार २२:२५ प्रकाशित